अमेरिका विश्वमा महामारी प्रतिरोध गर्ने पहिलो विफल मुलुक#कोभिड१९
2021-08-12 18:37:44cri
Share with:

अमेरिका विश्वमा महामारी प्रतिरोध गर्ने पहिलो विफल मुलुक#कोभिड१९_fororder_QQ图片20210812183726

“हाल मैले मेरा श्रीमान्‌लाई कृतिम फोक्सो सहित अस्पतालमा सार्न खोजेको सम्भावना पट्टकै छैन।” अमेरिकी महिला सुसान वाल्कर निकै चिन्तित हुनुहुन्छ। बितेका धेरै दिनयता उहाँ फ्लोरिडा राज्यका सबै अस्पताल गइसक्नु भएको छ। तर नयाँ कोरोना महामारी संक्रमण भएका उहाँका श्रीमानका लागि प्रयोग गर्न सकिने ईसीएमडी पत्ता लाग्न सकेको छैन।

हाल अमेरिकामा नयाँ कोरोना महामारी अवस्था अझ उठ्दै आएको छ र चौथो चरणमा प्रवेश गरेको छ। न्युयोर्क टाइम्सको पछिल्लो तथ्यांक अनुसार, गएको हप्ता अमेरिकामा प्रतिदिन नयाँ थपिएका संक्रमितको संख्या १ लाख १८ हजार नाघेको छ भने हरेक दिन अस्पतालमा नयाँ भर्ना गरिने बिरामी ६६ हजारभन्दा बढी पुगेका छन्। अगष्ट ११ तारिखसम्म अमेरिकाभरमा नयाँ कोरोना महामारीका निश्चित संक्रमितको कुल संख्या ३ करोड ६० लाखभन्दा बढी पुगेको छ भने मृतकको संख्या ६ लाख १० हजार नाघेको छ। दुवै संख्या नै विश्वको पहिलो स्थानमा रहेका छन्।

गम्भीर वास्तविकता भएकाले हाल ब्लुबर्गले अमेरिकालाई “महामारी प्रतिरोध गर्ने विश्वको पहिलो स्थानमा” राखेको भनाइ निकै हास्यास्पद देखिएको छ। साथै त्यसबाट के प्रमाणित हुन्छ भने चीनका ३ वटा थिंक ट्यांकले संयुक्त रूपमा सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा जनाइए जस्तै अमेरिका अवश्य नै पूरै विश्वमा महामारी प्रतिरोध गर्ने पहिलो विफल मुलुक हो।