#समाचार सन्दर्भ# लिथुआनिया जस्ता मुलुकले राम्रोसित सोच्नुपर्छ
2021-08-13 16:20:31CRI
Share with:

#समाचार सन्दर्भ# लिथुआनिया जस्ता मुलुकले राम्रोसित सोच्नुपर्छ_fororder_01

अगष्ट १० तारिख चीनका लागि लिथुआनियाका राजदूत डियाना मिकेभिसिएनेले आफू पैचिङ पुग्ने वित्तिकै पैचिङ छोड्नुपर्ने सूचना पाएको बताएकी थिइन्। यो निकै लज्जास्पद छ तर चीनको बटमलाईनसँग खेलवाड गर्नुको नतिजा हो।

थाइवान चीनको अविच्छिन्न भूभाग हो र तथाकथित थाइवान स्वतन्त्रताको समर्थनमा गरिने कुनै पनि गतिविधि चीनको बटमलाईनसँग खेल्नु सरह हो। हालै लिथुआनियाले चीनसँगको एक चीन नीति प्रतिबद्धताको वास्ता नगरी थाइवानको नाममा लिथुआनियामा प्रतिनिधि कार्यालय राख्न स्वीकार गरेको छ। यसपछि चीनले तत्कालै आफ्नो राजदूतलाई फिर्ता बोलाएको छ साथै लिथुआनियाले पनि चीनमा रहेका लिथुआनियाका राजदूतलाई फर्कन सूचना जारी गरेको छ।

सन् २०२१ चीन र लिथुआनियाबीच दौत्य सम्बन्ध स्थापना भएको ३०औँ वार्षिकोत्सव हो। दुई देशबीचको सम्बन्ध राम्रो गतिमा बढिरहेको थियो। विशेषतः चीनले बेल्ट एन्ड रोड इनिशिएटिभ सार्वजनिक गरेपछि लिथुआनिया बेल्ट एन्ड रोड वरिपरिको महत्वपूर्ण मुलुक बनेको थियो। सन् २०१५ मा दुई पक्षले बेल्ट एन्ड रोडको एमओयुमा हस्ताक्षर गरी लिथुआनियालाई बाल्टिक सागर क्षेत्रको लगानी केन्द्रको रूपमा राख्ने र क्लाइपेडा पोर्टलाई सिल्क रोड पोस्टको रूपमा बनाउने योजना बनाएका थिए। त्यसपछि चीन र लिथुआनियाबीचको व्यापारमा ठूलो विकास भएको थियो र चीन एशियामा लिथुआनियाको सबैभन्दा ठूलो व्यापार साझेदार पनि बनेको थियो। यसबाहेक चीन लिथुआनिया हुँदै युरोप पुग्ने रेल पनि संचालनमा आएको थियो।

यता, चीनमाथि अमेरिकाले लगाएको दबाव चर्कँदैजाँदा अमेरिका र चीन सम्बन्ध तनावपूर्ण बन्दैगएको छ। अमेरिकालाई पूर्ण समर्थन दिनका लागि लिथुआनियाले चीन-लिथुआनिया सम्बन्ध बिगार्ने अनेक गतिविधि चालेको छ। यस क्रममा, उदाहरणका लगि चीनलाई राष्ट्रिय सुरक्षाको धम्कीको सूचिमा राखेको छ। अमेरिकाले उठाएको तथाकथित स्वच्छ इन्टर्नेट कार्यक्रमको समर्थन गरेको छ। राष्ट्रिय सुरक्षाको धम्कीमा परेको निहुँमा क्लाइपेडा पोर्टको निर्माणमा चिनियाँ लगानीकर्तालाई हटाइएको छ, र यस पटक थाइवान कार्यालय स्थापना गरेको छ।

थाइवान प्रतिनिधि कार्यालय राख्न स्वीकार गरेपछि अमेरिका राज्य परिषदका प्रवक्ता नेड प्राइसले तत्काल ट्विटरमा भने कि थाइवानसँग सम्बन्ध बनाउन लिथुआनियालगायत युरोप लीगका मुलुकलाई समर्थन गरेको छ र राजदूत फिर्ता बोलाउने चीनको गतिविधिको कडा निन्दा गरेको छ। यसबाट अमेरिका पछाडि बसेको साहुजीको प्रतीक स्पष्ट रूपमा देखिएको छ।

उक्त कुरा, एक लिथुआनिया विद्वानको विश्लेषणबाट पनि प्रमाणित हुन्छ कि चीन-लिथुआनिया सम्बन्ध बिगार्नु र चीन-लिथुआनियाबीच सम्बन्ध नराख्नुमा अमेरिकाको हात छ। वास्तवमा दुई देशबीच विनाशकारी गतिविधि देखिएको छैन। चीनले सिनच्याङ मानवअधिकारमाथि बदनाम गरेका एक लिथुआनिया सांसदलाई प्रतिबन्ध लगाएको थियो। उहाँको विचारमा त्यसको मुख्य कारण अमेरिका नै हो साथै यो लिथुआनियाको राष्ट्रिय सुरक्षासँग सम्बन्धित् छ।

लिथुआनिया जस्ता अमेरिकाको चेसको गोटीको रूपमा रहेका अरू धेरै मुलुकहरू छन्। तिनीहरूको चीनसँग राम्रो सम्बन्ध छ तर अमेरिकामा हेरफेर भएपछि चीनसँगको मित्रतालाई बिगारेका छन् साथै आफ्नो उज्ज्वल भविष्यको पनि बलिदान दिएका छन्। तर स्वदेशी सर्वसाधारणको जीवनमा वेवास्ता गर्ने, खोपमा प्रभूत्व जमाउने, भाइरस उद्गम खोजीलाई राजनीतिकरण गर्ने अमेरिकाले तिनीहरूलाई के दिनसक्छ त? लिथुआनिया लगायतका मुलुकले त्यसबारे राम्रोसित सोच्नुपर्छ।