कसरत नै चिनियाँहरूको दैनिक जीवनको आवश्यकता बन्दै
2021-08-13 16:06:46cri
Share with:

कसरत नै चिनियाँहरूको दैनिक जीवनको आवश्यकता बन्दै_fororder_1124849184_15651831504301n

अगष्ट ८ तारिख चिनियाँ कसरत दिवस हो। चिनियाँहरूको जीवनस्तरको वृद्धि, सर्वसाधारणमाझ कसरत गर्नेबारेको चेतना, पेशागत कसरत निर्देशिका तथा प्रतियोगिता, कसरत सेवा नै सर्वसाधारणहरूको दैनिक जीवनको एउटा पाटो बन्न थालेको छ। महामारी नियन्त्रण सामान्यीकरण बनिरहेको पृष्ठभूमिमा उच्च विज्ञान प्रविधि, उच्चगुस्तरीय र पेशागत कसरत गर्नु नयाँ प्रवृत्ति र फेसन बनिरहेको छ।

टोकियो ओलम्पिक खेलकूदमा भाग लिएका चिनियाँ खेलाडीहरूको लागि चिनियाँ सर्वसाधारणहरूले स्याब्बासी र होस्टे हैसें गर्दा कसरत गर्ने उत्तेजना पनि बढेको छ। ऊचनको एउटा पार्कमा ऊशु प्रेमी शनले हाल पार्कको ठूलो पर्दामा प्रशिक्षकसँग ऊशु सिक्दैछन्। यो पर्दाले व्यक्तिको कारवाही सूचना संकलन गर्नसक्छ र कारवाहीबारे स्कोर दिनसक्छ। पार्कको यो पर्दाबाट शन र उनका साथीहरूले ऊशुका लगभग दश वटा कारवाही सिकाए। शन भन्छन् “पर्दामा प्रशिक्षकहरूले ऊशु सिकाउन राम्रो छ। हामीले उनीहरूसँग ऊशु सिक्न रमाइलो छ।”