“विश्वमा राजनीतिक हिलो छ्याप्ने पहिलो मुलुक” आफ्नो जिम्मेवारीबाट मुक्त हुँदैन #कोभिड१९
2021-08-13 17:05:57cri
Share with:

“विश्वमा राजनीतिक हिलो छ्याप्ने पहिलो मुलुक” आफ्नो जिम्मेवारीबाट मुक्त हुँदैन  #कोभिड१९_fororder_IMG_3380(20210813-200750).JPG

कोरोना महामारीको अवधिमा वाशिन्टनका केही राजनीतिज्ञले महामारीको असफल प्रतिरोध कार्यप्रति जिम्मेवारी वहन गर्न छोडेर सधैं चीन लक्षित आरोप लगाउँदै छन् - अमेरिकी प्रसिद्ध विद्वान गह्राम एलिसनको उचित मूल्याङ्कनले अमेरिकी राजनीतिज्ञले चीनमाथि हिलो छ्याप्ने राजनीतिक उद्देश्य औँल्याउनुभएको छ। वास्तवमा कोरोना महामारी विश्वव्यापी सार्वजनिक स्वास्थ्यका लागि एउटा प्रकोप हो, तथापि अमेरिकी राजनीतिज्ञले त्यसलाई हतियारको रुपमा दुरुपयोग गरी ठूला मुलुकहरु बीचको भिडन्त बनाएका छन्।

चीनका तीनटा प्रसिद्ध थिङ्क ट्याङ्कले हालै “अमेरिका पहिलो स्थानमा छ की? अमेरिकाले महामारीको प्रतिरोध गर्ने सत्यता” शीर्षकमा प्रतिवेदन जारी गरेका छन्। सो प्रतिबेदनमा कोरोना महामारी देखा परेयता अमेरिकी राजनीतिज्ञले विदेशमाथि हिलो छ्यापेको विविध गलत गतिबिधिको पर्दाफास गरिएको छ। महामारीको प्रतिरोध कार्यमा अमेरिकाको प्रस्तुति विश्वमा सबैभन्दा असक्षम छ, तथापि जिम्मेवारीलाई सार्ने स्तर सबैभन्दा उच्च रहेको छ। वास्तवमा अमेरिका “विश्वमा राजनीतिक हिलो छ्याप्ने पहिलो मुलुक” रहेको वास्तविकताबाट प्रमाणित हुन्छ।

अरु देशलाई हिलो छ्याप्ने गतिबिधिले आफूलाई सफा बनाउन सक्दैन। कोरोना महामारी कहिले अमेरिकामा देखा परेको थियो? प्रारम्भिक अवधिमा त्यसको फैलावट गर्ने तरिका के हो? महामारीको उद्गम अमेरिकाको जीवजन्तु प्रयोगशालासँग सम्बन्धित छ की? अमेरिकामा देखा परेका विविध शंकास्पद कुरालाई लक्षित गर्दै विश्वका धेरै मुलुकहरुले हस्ताक्षर कार्यक्रमको आयोजना गरी विश्व स्वास्थ्य संगठनलाई अमेरिकामाथि छानबीन गर्न आग्रह गरेका छन्। अमेरिकी केही राजनीतिज्ञले अरु देशलाई हिलो छ्यापेको गतिबिधिले विश्वलाई ठग्न सक्दैन।