कोरोना महामारीको उपचारका लागि अमेरिकाको उपाय रहेको हाम्रो विश्वास छ, नत्र भने अमेरिकी पूर्व राष्ट्रपति जस्तै बृद्ध उमेरका संक्रमितलाई कसरी तिब्र गतिले उपचार गरी अस्पतालबाट डिस्चार्ज गर्न संभव थियो? तर अमेरिकामा ३ करोड ६० लाख भन्दा बढी संक्रमितहरुमध्ये दुर्भाग्यवश ६ लाखभन्दा बढीको ज्यान गएको कुरामा विश्वास गर्न गार्हो छ।
महामारीको परिस्थितिमा अमेरिकीहरुको फरक भाग्य अमेरिकाको राजनीतिमा अति अलग अपनाइएको एउटा खराब परिणाम हो। जसबाट अमेरिकी राजनीतिक व्यवस्था बेकामे बनेको प्रमाणित भएको छ। चीनका तीनटा थिङ्क ट्याङ्कले हाल जारी गरेको “अमेरिका पहिलो स्थानमा रहेको छ की? अमेरिकाले महामारीको प्रतिरोध गर्ने सत्यता” शीर्षकमा रहेको अनुसन्धान प्रतिबेदनमा अमेरिकालाई “विश्वमा राजनीतिकमा अलग नीति अपनाउने पहिलो मुलुक” भएको दाबी गरेको भनाइ निकै उपयोगी भएको छ।
अमेरिकामा डेमोक्रेटिक पार्टी र रिपाब्लिकन पार्टी बीच दीर्घकालीन अवधिदेखि चलेको झगडा सम्पूर्ण अमेरिकी समाजमा भरिएको छ। यस्तो राजनीतिक झगडामा अन्त्यमा सर्वसाधारणले मृत्युवरण गर्नु परेको छ। कोरोना महामारीको प्रतिरोध कार्य वर्तमान विश्वको सबैभन्दा जरुरी कार्य हो। यतिबेला एकता भएर सहयोग गर्नु नै सबैभन्दा प्रभावकारी हतियार हो। अमेरिकी नेताहरुले राजनीतिक झगडा बन्द गरी महामारी प्रतिरोधका लागि वास्तविक गतिबिधि चलाउनुपर्छ, जसबाट अरु बढी दु:खपूर्ण घटना अमेरिका र विश्वमा देखा पर्नबाट जोगाउनसकियोस्।