अमेरिकाको मनोमानी मुद्रा जारीबाट बाँकी विश्वलाई संकटमा धकेल्ने
2021-08-16 17:14:28cri
Share with:

अमेरिकाको मनोमानी मुद्रा जारीबाट बाँकी विश्वलाई संकटमा धकेल्ने_fororder_QQ图片20210816171342

हालै चीनका तीन वटा थिङ्कट्यांकले संयुक्त रूपमा जारी गरेको “अमेरिका नम्बर-१?!अमेरिका महामारी नियन्त्रणको तथ्य” विषयक प्रतिवेदन अनुसार, अमेरिका सरकारले कोभिड-१९ महामारी नियन्त्रण गर्न विफल भएकोले अमेरिकी फेडरल रिजर्वले मुद्रा मनोमानी ढंगले जारी गरेको छ। मुद्रा जारी मात्राको हिसाबले अमेरिका पक्कै पनि मनोमानी रूपमा जारी गरिएकाले मुद्राका हिसाबले अग्रस्थानमा बसेको छ। तर अमेरिकाले बजारमा ल्याएको विशाल परिमाणको तरलताबाट नकारात्मक प्रभाव पारिरहेको छ भने विश्वका जनताले त्यसको बिल भर्पाइ गर्नुपरिरहेछ।

केही समययता अमेरिकी फेडरल रिजर्वले असामान्य कदम चालेको छ। साथै अमेरिकी सरकार र कांग्रेसले विभिन्न जमानत बिल पारित गरेका छन् जसबाट अघिपछि गरी थप जारी भएको मुद्राको मात्रा दशौँ खर्ब अमेरिकी डलर पुगेको छ। छोटो समयबाट हेर्दा ती कदमबाट बजारलाई स्थिर पार्ने भूमिका निर्वाह गरेको जस्तो देखिन्छ तर त्यसका साथ जन्मेको नकारात्मक प्रभाव विश्वका विभिन्न मुलुकमा पर्दै जाने निश्चित छ।

अमेरिकाको मनोमानी मुद्रा जारीबाट बाँकी विश्वलाई संकटमा धकेल्ने_fororder_QQ图片20210816171333

वास्तवमा अमेरिकाले मनोमानी ढंगले मुद्रा जारी गरेबाट आफूलाई प्रभाव पारेको छ जस्तो भनौँ, मुद्रास्फीति धेरै बढेको छ, धनी र गरीब बीचको खाडल विस्तृत भएको छ, आदि।

हाल विश्वका जनता महामारी पीडित भइरहेका छन्। तर अमेरिकाले मनोमानी ढंगले मुद्रा जारी गरेबाट विश्वका विभिन्न मुलुकलाई थप आर्थिक तथा सामाजिक दबाव बढाउनुका साथै विश्वको आर्थिक सुरक्षामा अझ ठूलो संभावित खतरा पनि थपिएको छ। अमेरिकाले मुद्रा जारी गर्न अझ जिम्मेवार भएर विश्वको आर्थिक पुनर्रूत्थानमा योगदान गर्नुपर्छ।