चीनका राष्ट्राध्यक्ष र इरानका राष्ट्रपतिबीच एक आपसमा शुभकामना आदानप्रदान
2021-08-16 11:27:52cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र इरानका राष्ट्रपति इब्राहिम रायसीले १६ तारिख चीन र इरानबीच दौत्य सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवको अवसरमा एक आपसलाई शुभकामना सन्देश पठाउनुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार, कोभिड-१९ महामारी फैलिएदेखि चीन र इरानले एउटै डुंङगाका यात्री झैं एक आपसलाई सहयोग गरेका छन्। राष्ट्राध्यक्ष सीले दुई देशको सम्बन्धमाथि उच्च महत्व दिँदै राष्ट्रपति रायसीसँगै परम्परागत मित्रतालाई गहन पार्नुका साथै विभिन्न क्षेत्रको सहयोगलाई गहन र व्यवहारिक बनाउने इच्छा राख्नुभएको छ।

यसै गरी, राष्ट्रपति रायसीले चीनसँगको रणनीतिक सहयोग स्तरलाई उकासेर विभिन्न क्षेत्रको व्यवहारिक सहयोगको प्रवर्द्धनमा आदानप्रदानलाई सबल पार्दै दुई देशको सम्बन्धलाई निरन्तर गहन पार्ने इच्छा लिनुभएको छ।