विश्वको शीर्ष उथलपुथलकारी मुलुकद्वारा मानवअधिकारको गम्भीर उल्लंघन
2021-08-17 19:03:21cri
Share with:

विश्वको शीर्ष उथलपुथलकारी मुलुकद्वारा मानवअधिकारको गम्भीर उल्लंघन_fororder_QQ图片20210817190130

अमेरिकाले आफूलाई मानवअधिकारको संरक्षकको रूपमा मान्दै मानवअधिकारको झण्डा लिएर अरू देशको आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको छ। तर कोभिड-१९ महामारीबाट अमेरिकाको अन्योल, उथलपुथल र संकट पूर्ण रूपमा देखापरेको छ र अमेरिकी मानवअधिकारको नक्कली मुकुण्ड पनि उतारिएको छ। चीनका तीनटा थिङ्क ट्याङ्कले हाल संयुक्त रूपमा प्रतिवदेन सार्वजनिक गरी महामारी नियन्त्रणका क्रममा विश्वको शीर्ष उथलपुथल मुलुकको रूपमा राखेर मानवअधिकारलाई कुल्चने अमेरिकाको वास्तविक अनुहार देखाएको छ।

सामाजिक उथलपुथल अमेरिकाको गहिरो समस्या हो भने महामारीकै विस्तारक बनेको छ। गत एक वर्षयता अमेरिकामा हिंसात्मक अपराध देखिरहेको छ। तथ्याङ्क अनुसार, सन् २०२० मा अमेरिकामा सामूहिक गोलि हानाहानका केसको संख्या ६१४ थियो भने मृतकको संख्या ५२१ थियो। सन् २०२१को अघिल्ला सात महिनामा मात्र उक्त संख्या क्रमशः ४१० र ४३७ पुगिसकेको छ।

विश्वको शीर्ष उथलपुथलकारी मुलुकद्वारा मानवअधिकारको गम्भीर उल्लंघन_fororder_QQ图片20210817190114

अझै खतरनाक त अमेरिकाको राजनीतिक अन्योल हो। गत जनवरी ६ तारिख तत्काल अमेरिकी नेताका समर्थकहरूले संसद भवनमा आक्रमण गरी चुनावी नतिजा परिवर्तन गर्न खोजेका थिए। जसबाट अमेरिकाको राजनीतिक ध्रुवीकरणमा भयंकर समस्या देखिनुका साथै अमेरिकी शैलीको प्रजातन्त्रको पतन भएको पनि देखाइएको छ

अमेरिका सरकार महामारी नियन्त्रण गर्न विफल भएको छ, आर्थिक पुनर्रूत्थान कम्जोर छ, सामाजिक उथलपुथल बढेको छ ती विभिन्न तत्व जोडेबाट अमेरिकाका निम्न स्तरीय मानिसको जीवनमा एकदम ठूलो दबाव देखिएको छ।

तर अमेरिकी राजनीतिज्ञले स्वदेशी सर्वसाधारणको दुःखलाई बेवास्ता गरी प्रभूत्ववादको विचारधाराका आधारमा विश्वलाई उथलपुथल गरिरहेका छन्। विभिन्न तथ्यहरूले प्रमाणित गरिसकेको छ कि तथाकथित मानवअधिकार संरक्षकको रूपमा मानिएको अमेरिका नै मानवअधिकार कुल्चने सबभन्दा ठूलो मुलुक हो।