छुइ च्यांग नदीमा फूल टिप्ने कथा-1
2021-08-17 15:33:13cri
Share with:

छुइ च्यांग नदीमा फूल टिप्ने कथा-1_fororder_02

आठौं शताव्दीमा सत्तामा रहेको चीनको सुइ वंश-कालमा दक्ष व्यक्तिलाई छानेर राष्ट्रको शासन-व्यवस्था सञ्चालनका लागि राजाले ख च्वी भनिने व्यवस्थाको स्थापना गर्नुभएको थियो। ख च्वी भनेको विभिन्न विषयमा परीक्षाका आधारमा सरकारको राज्य-व्यवस्था सञ्चालनका लागि उच्च पदाधिकारीहरु छान्ने व्यवस्था हो। थाङ वंशकालमा यो ख च्वी व्यवस्था अरु विकसित भएको थियो। परिणामस्वरुप सर्वसाधारणहरु पनि विभिन्न विषयको परीक्षामा सहभागी भएर सरकारी पदाधिकारी बन्नसकेका थिए।

थांङ वंशमा ख च्वी परीक्षालाई श्यु छाइ, च्वी रन र चिन श् तीन स्तरमा विभाजित गरिएको थियो। तेश्रो चरणमा राजाले उनीहरुको अन्तर्वार्ता गरेर पदाधिकारीमा नियुक्त गर्ने चलन थियो। सर्वसाधारणको सबैभन्दा ठूलो इच्छा चिन श् बन्नु हुन्थ्यो। चिन श् भएपछि ठूलो पदाधिकारी बन्नसकिन्थ्यो। त्यसकारण ती तीन किसिमका परीक्षामध्ये चिन श् परीक्षा सबैभन्दा गाह्रो मानिन्थ्यो। समान्य रुपमा एक सयजनामध्ये दश-बीसजना मात्रैलाई भर्ना गरिन्थ्यो।

थाङ वंशको चिन श् परीक्षा राजधानी छांग आनमा आयोजित गरिएको थियो। छांग आन अहिलेको सि आन हो। हरेक जनवरी महिनामा त्यस परीक्षाको आयोजना गरिन्थ्यो। फेब्रुअरी महिनामा विभिन्न विषयका परीक्षामा उत्तिर्ण भएका विद्यार्थीहरुको नामावली र स्थान सार्वजनिक गरिन्थ्यो। वसन्त ऋतुमा फलफूलका विरुवामा फूल निस्कँदा सम्राटले छुइ च्यांग बगैंचामा भव्य समारोहको आयोजना गरी ती नयाँ चिन शलाई पुरस्कार वितरण गर्ने चलन थियो।

छुइ च्यांग बगैंचा छांग आन शहरको दक्षिण-पूर्वी किनारामा पर्दथ्यो। त्यहाँ एउटा ठूलो पोखरी थियो। पोखरीको वरिपरी सुन्दर बगै‌चा तथा प्रख्यात छ अन मन्दिर, ता येन स्तूप, श्याउ येन स्तूप आदि थिए। सम्राट, मन्त्री र अन्य सरकारी पदाधिकारीहरु सधैं त्यहाँ घुम्ने गर्दथे। धेरै विद्वानहरुले पनि त्यहाँ यसैगरी लोकप्रिय कविता रच्नुभएको थियो।