सीएमजीलाई अन्तर्राष्ट्रिय ओलम्पिक खेलकुद समितिका अध्यक्षको सन्देश
2021-08-18 10:50:19CRI
Share with:

सीएमजीलाई अन्तर्राष्ट्रिय ओलम्पिक खेलकुद समितिका अध्यक्षको सन्देश_fororder_hima1 bahe.JPG

अगष्ट १७ तारिख अन्तर्राष्ट्रिय ओलम्पिक खेलकुद समितिका अध्यक्ष थोमस बाहले चाइना मिडिया ग्रुप(सीएमजी)का निर्देशक शन हाइस्योङलाई सन्देश पठाउनु भई ओलम्पिक खेलकुदको दीर्घकालीन समर्थनका लागि धन्यवाद ज्ञापन गर्नुभएको छ। पैचिङ हिउँदे ओलम्पिक खेलकूदमा सीएमजीबाट अझ सिर्जनात्मक र प्रभावकारी रिपोर्टिङको ठूलो अपेक्षा पनि अध्यक्ष बाहले व्यक्त गर्नुभएको छ।

प्राप्त जानकारी अनुसार, टोकियो ओलम्पिक खेलकुदको अवधिमा अध्यक्ष बाहले सीएमजीलाई अन्तर्वार्ता दिँदै पैचिङ हिउँदे ओलम्पिक खेलकुदमा सीएमजीसँगको सहयोगमा कोसे ढुँगा जस्तै प्रगति हुने आशा गर्नुभएको थियो।

अन्तर्राष्ट्रिय ओलम्पिक खेलकुद समितिका अध्यक्ष बाहलाई दिएको सन्देशमा सीएमजीका निर्देशक शन हाइस्योङले भन्नुभएको छ, ‘टोकियो ओलम्पिक खेलकुदको बेलामा सीएमजीले टेलिभिजनमा ५ सय प्रतियोगिताको प्रसारण, नयाँ मिडियामा ७ हजार प्रतियोगिताको प्रत्यक्ष प्रसारण गरेको छ जसका दर्शकहरूको संख्या ४७.९ अर्ब पुगेको छ।’ ‘पैचिङ ओलम्पिक खेलकुदका लागि सीएमजीले तयारी गर्दै सबभन्दा पछिल्लो अग्रसर मिडिया प्रविधि र दर्शकहरूको बहु मागलाई पूरा गर्ने विश्वास गरेको’ कुरा पनि निर्देशक शनले जनाउनुभएको छ।