नक्कली खबरबाट अमेरिका प्रभावित
2021-08-18 18:38:37cri
Share with:

 

नक्कली खबरबाट अमेरिका प्रभावित_fororder_IMG_6392(20210818-181507).JPG

फेक न्यूज नै अमेरिकाका पूर्व राष्ट्रपतिले भन्ने गरेको वाक्य थियो तर यो वाक्यबाट वर्तमान अमेरिकी समाजको अवस्था पनि प्रतिबिम्बित भएको छ। कोभिड-१९ महामारी फैलिएसँगै अमेरिकामा महामारी सम्बन्धी नक्कली खबर जताततै फैलिरहेको छ। जसबाट महामारी नियन्त्रण गर्न चाहिने वैज्ञानिक सामान्य ज्ञान र तर्कसंगत भावना गुमाइनुका साथै अमेरिका विश्वको शीर्ष भन्ने नक्कली खबर बनाउने मुलुक भन्ने चिनियाँ थिङ्कट्याङ्कको प्रतिवेदनलाई पनि प्रमाणित गरिएको छ।

महामारी फैलिएको सुरूवातमा ह्वाइट हाउसले विभिन्न पक्षको प्रारम्भिक चेतावनीलाई बेवास्ता गरी महामारी नियन्त्रण गर्ने सबभन्दा राम्रो अवधि गुमाएको थियो। तर महामारी नियन्त्रण विफल भएकोभन्दा अमेरिकी राजनीतिज्ञले नक्कली खबर प्रचार गरिरहेको  कुरा त अझ गम्भीर छ।

नक्कली खबरबाट अमेरिका प्रभावित_fororder_IMG_6393(20210818-181512).JPG

अमेरिकी राजनीतिज्ञले उत्तेजित गर्नुका साथै दुई पार्टीले महामारीलाई आपसी प्रहार गर्ने हतियारको रूपमा राखेका छन् जसबाट अमेरिकी सर्वसाधारणको तर्कहीन भावनालाई पनि उत्तेजित गरिएको छ भने नक्कली खबर पनि फैलाइएको छ। जोन्स होप्किन्स विश्वविद्यालयको ब्लूम्बर्ग सार्वजनिक स्वास्थ्य कलेजका उप-प्रमुख जोशुवा सार्फुस्तिनका अनुसार, महामारीसम्बन्धी नक्कली खबर नै अमेरिकाले महामारी नियन्त्रण गर्न विफल भएको मुख्य कारणमध्येको एक हो।

वास्तवमा अमेरिकी राजनीतिज्ञहरू स्वयं नक्कली खबरका स्रोत हुन्। उनीहरूले भाइरसलाई कलंकको रूपमा राख्नुका साथै भाइरस चिनियाँ प्रयोगशालाबाट निस्किएको भन्दै झुटो निन्दा गरिरहेका छन्। ह्वाइट हाउसमा नेता परिवर्तन भएको छ तर चीनलाई बदनाम गर्ने व्यहोरामा कुनै पनि परिवर्तन भएको छैन।

विभिन्न तथ्यबाट प्रमाणित भएको छ कि अमेरिकाले महामारी नियन्त्रण गर्न सम्पूर्ण रूपमा विफल भएको छ र विश्व शीर्ष नक्कली खबर बनाउने मुलुकको रूपमा रहेको अमेरिकाका रूपमा उभिन खोजिरहेको प्रतीत हुन्छ।