सी चिनफिङद्वारा इरानका राष्ट्रपतिसँग टेलिफोन वार्ता
2021-08-18 20:36:33cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले १८ तारिख इरानका राष्ट्रपति इब्राहिम राइसीसँग टेलिफोन वार्ता गर्नुभएको छ।

सो अवसरमा राष्ट्राध्यक्ष सीले चीनसँग सम्बन्धको सक्रिय रूपमा विकास गर्ने इरानको धारणाको प्रशंसा गर्नुका साथै इरानसँग मिलेर चीन-इरान चौतर्फी रणनीतिक साझेदारी सम्बन्धको स्थिर विकास गर्ने इच्छा लिएको उल्लेख गर्नुभयो।

जवाफमा राइसीले बलियो इरान-चीन चौतर्फी रणनीतिक साझेदारी सम्बन्धको दृढ रूपमा विकास गर्नेमा इरान अडिग रहने भन्दै इरानले थाइवान, सिनच्याङ, हङकङलगायत विषयबारे चीनको अडानको समर्थन गरी केही मुलुकले भाइरस उद्गम खोजीका लागि भन्दै चीनमाथि दबाब सिर्जना गरेकोमा कडा विरोध गरेको बताउनुभयो।