#समाचार सन्दर्भ# अघिल्लो ७०वर्ष जस्तै भविष्यमा निरन्तर विकास गर्ने नयाँ खाका बनाउने
2021-08-19 16:26:10cri
Share with:

 

#समाचार सन्दर्भ# अघिल्लो ७०वर्ष जस्तै भविष्यमा निरन्तर विकास गर्ने नयाँ खाका बनाउने_fororder_1

अगस्त १९ तारिख बिहान दश बजे ल्हासा सहरको पोताला दरबार चोकमा तिब्बत शान्तिपूर्ण मुक्त भएको सत्तरीऔँ वार्षिकोत्सवको अवसरमा एक समारोहको आयोजना गरिएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति, चिनियाँ जन कांग्रेसको राष्ट्रिय समिति,चीनको राज्य परिषद्, चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलन र चिनियाँ सैन्य आयोगले सो अवसरमा बधाई सन्देश पनि पठाएको छ। उक्त बधाई सन्देशमा ७० वर्षयता तिब्बती जनताको जीवन स्तरमा सुधार आएको, गाउँ सहरमा ठूलो परिवर्तन भएको, अँध्यारोबाट उज्यालोतिर लम्केको, अविकसितबाट विकसित, विपन्नताबाट समृद्धतिर उन्मुख, निरंकुशदेखि लोकतन्त्रसम्म, बन्दबाट खुलासम्मको परिवर्तन भएको उल्लेख गरिएको छ।

#समाचार सन्दर्भ# अघिल्लो ७०वर्ष जस्तै भविष्यमा निरन्तर विकास गर्ने नयाँ खाका बनाउने_fororder_评论1

तिब्बती जनताबाहेक, तिब्बतमा व्यापार गर्दैआएकी नीमा तुलाधरले पनि तिब्बतको विशाल परिवर्तन अनुभव गरेकी छिन्।

सन् १९७५ मा नेपाली महिला नीमा तुलाधर पहिलो पटक तिब्बतमा पुगेकी थिइन्। त्यस बेला उनी ठूलो ट्रकमार्फत् खासाबाट ल्हासासम्म पुगेकी थिइन्। ४६  वर्षअघि ल्हासाको तुलनामा तत्कालीन काठमाडौं अझै विकसित र सुसज्जित रहेको निमाले याद गरिन्। 

त्यसबेला चीनमा सामग्री आपूर्तिको अभाव थियो। तिब्बतमा पुगेको प्रारम्भमा होटलमा खाना खाँदा घण्टी सुनेपछि आपूर्ति टिकट लिएर लाइनमा पर्खनुपर्ने अवस्था देखेर उनलाई ज्यादै आश्चर्य लागेको थियो। चामल, पीठो र कपडालगायत दैनिक आवश्यकताको खरिद प्रतिबन्धित थियो र किन्न

#समाचार सन्दर्भ# अघिल्लो ७०वर्ष जस्तै भविष्यमा निरन्तर विकास गर्ने नयाँ खाका बनाउने_fororder_评论2

बेलामा विविध "खरिद टिकट" पनि आवश्यक थियो।  तिब्बतको खुलापन तथा विकासका साथसाथै वर्तमान तिब्बतमा ठूलो परिवर्तन भएर आपूर्ति प्रशस्त छ। हाल निमाले ल्हासा ४-५ वटा रेस्टुराँ चलाउँछिन्। २५ वर्षअघि उनको रेस्टुराँमा आवश्यक सबै प्रकारका खाना, मसला, टेबलवेयर आदि नेपालदेखि ल्हासामा आयात गर्नुपर्थ्यो। यसका साथै तिब्बती सर्वसाधारणको जीवनशैलीमा पनि ठूलो सुधार भएको छ। "ल्हासाका अधिकांश परिवारसँग २-३ वटा कारहरू छन्। युवाहरुले फेसन मनअनुसार हरेक ४-५ वर्षमा फर्निचरहरू परिवर्तन गर्छन्।" 

तिब्बत शान्तिपूर्ण मुक्त भएको ७० वर्षयता पूर्वाधारमा शुरुदेखि नै वृद्धि भएको छ, पर्यावरणीय वातावरण झन् झन् सुधार भएको छ,  सबै जातीय जनताले सुखमय जीवनको महसुस गर्दैआएको छ। यो चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वसँग जोडेको छ। लगभग एक महिनाअघि मात्र चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्षको हैसियतमा सी चिनफिङले तिब्बत पुगेर तिब्बतको शान्तिपूर्ण मुक्ति दिवस मनाउनु भयो। यो चिनियाँ कम्युनिष्ट पार्टी र राष्ट्रको इतिहासमा पहिलो पटक हो। जसबाट तिब्बती कार्यप्रति केन्द्रिय सरकारको समर्थन र भविष्यमा तिब्बतको विकासमाथि दिइएको महत्व देखाइएको छ। नेपालले पनि यसमाथि ध्यान दिएको छ।

#समाचार सन्दर्भ# अघिल्लो ७०वर्ष जस्तै भविष्यमा निरन्तर विकास गर्ने नयाँ खाका बनाउने_fororder_评论3

नेपालको अनलाइन खबर वेबसाइटमा ‘चिनियाँ राष्ट्रपतिको उच्च प्राथमिकतामा तिब्बत पर्नु नेपालका लागि फाइदाजनक’ नामक लेख प्रकाशित भएको थियो। सो लेखमा यसरी लेखिएको छ, ‘नेपालको लागि तिब्बतको विकास निकै खुशीको कुरा हो। नेपालले बीआरआई अवधारणामा हिमाल वारपारलाई महत्व दिँदै प्रयास गरिरहेको छ। तिब्बतको विकास तथा पूर्वाधारण निर्माण दक्षिण एशियाको लागि अन्त्यतै महत्वपूर्ण हुन्छ जसबाट नेपाललाई लाभान्वित हुने छ।’

सीमालाई बलियो बनाउने र सीमावर्ती बासिन्दाहरूलाई धनी बनाउने रणनीति लागू भएयता, तिब्बतको आर्थिक सामाजिक विकास द्रुत गतिले भइरहेको छ र जनता सुखद र सुरक्षित जीवन बिताइरहेका छन्। समृद्ध तथा विकास भइरहेको तिब्बतले चीन तथा छिमेकी मुलुक बीचको आर्थिक व्यापारिक सहयोग एवम् आदानप्रदानमा झन् झन् महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ।

#समाचार सन्दर्भ# अघिल्लो ७०वर्ष जस्तै भविष्यमा निरन्तर विकास गर्ने नयाँ खाका बनाउने_fororder_评论4

नेपाललाई उदाहरण लिउँ, केही वर्षको प्रयासपछि नेपाल चीनको “ट्रान्स-हिमालय” अन्तर्राष्ट्रिय सहकार्यको महत्वपूर्ण साझेदार बनिसकेको छ। सन् २०१८ मा चीनको तिब्बत स्वायत्त प्रदेशले चीनको परराष्ट्र मन्त्रालयको समर्थनमा “ट्रान्स हिमालय” अन्तर्राष्ट्रिय सहकार्य मञ्चको स्थापना गरेको थियो। यो मञ्च चीनले ट्रान्स-हिमालय क्षेत्रका मुलुकहरूले आदान-प्रदान र सहयोगलाई बढाउने महत्वपूर्ण चौतारो बनेको छ। “ट्रान्स हिमालय” सहयोग प्रारुपमा नेपाल लगातार छ वर्षसम्म तिब्बतको पहिलो ठूलो व्यापारिक साझेदार र सबैभन्दा ठूलो निर्यात बजार बनेको छ। सन् २०१९ मा नेपालसँगको तिब्बतको आयात-निर्यात रकम ३ अर्ब १६ करोड ५० लाख चिनियाँ युआन पुगेको थियो। चीन र नेपालबीचको सम्बन्ध दश वर्षअघिको “चीन र नेपालको युगौँयुग मित्रताको चौतर्फी सहयोगात्मक साझेदारी सम्बन्ध”बाट माथि उकासिएर “विकास र समृद्धितर्फ उन्मुख हुने चीन र नेपालबीचको युगौँयुग मित्रताको रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्ध” बन्न पुगेको छ।

तिब्बतको विकास र परिवर्तन चीनको विभिन्न जातिका जनताको साझा विकासको सूक्ष्म छवि हो। तिब्बतको विकास र परिवर्तन चीनको विभिन्न पक्षको समर्थन र तिब्बतको विभिन्न जातिका जनताको साझा प्रयासको नतिजा हो। तिब्बतको विकासले चीन र दक्षिण एशियाको विभिन्न मुलुकसित साझा विकासको नयाँ खाका उघार्ने छ।