तिब्बत शान्तिपूर्ण मुक्त भएको सत्तरीऔँ वार्षिकोत्सव समारोह ल्हासामा आयोजित
2021-08-19 15:05:33cri
Share with:

तिब्बत शान्तिपूर्ण मुक्त भएको सत्तरीऔँ वार्षिकोत्सव समारोह ल्हासामा आयोजित_fororder_1

यस वर्ष तिब्बत शान्तिपूर्ण मुक्त भएको सत्तरीऔँ वार्षिकोत्सव हो। यस अवसरमा आज १९ तारिख बिहान दश बजे ल्हासा सहरको पोताला दरबार चोकमा एउटा भव्य समारोहको आयोजना गरिएको छ।

तिब्बत शान्तिपूर्ण मुक्त भएको सत्तरीऔँ वार्षिकोत्सव समारोह ल्हासामा आयोजित_fororder_3

सत्तरी वर्षयता, केन्द्रीय सरकारले विभिन्न क्षेत्रबाट तिब्बतमा लगानी गर्दै आएकोले तिब्बतमा पूर्वाधारको निर्माण विकास सँगसँगै पर्यावरणीय वातावरणमा पनि निरन्तर सुधार भएको छ र विभिन्न जातीय जनता अझ बढी सुखमय छन्।

तिब्बत शान्तिपूर्ण मुक्त भएको सत्तरीऔँ वार्षिकोत्सव समारोह ल्हासामा आयोजित_fororder_2

तिब्बत मुक्त भएको अवस्थामा तिब्बतमा कुनै पनि राजमार्ग थिएन अहिले तिब्बतका सबै गाउँहरू राजमार्गबाट जोडिएका छन् र मार्गको कूल लम्बाई लगभग १ लाख २० हजार किलोमिटर पुगेको छ। यसका साथै छिङहाई-तिब्बत, ल्हासा-सिगाचे, ल्हासा-लिन्ची रेलमार्ग संचालनसँगै अहिले तिब्बतको १४० वटा देशीविदेशी उडानबाट ६६वटा सहरसँग हवाई सम्पर्क स्थापित छ।