यस वर्ष तिब्बत शान्तिपूर्ण मुक्त भएको सत्तरीऔँ वार्षिकोत्सव हो। यस अवसरमा आज १९ तारिख बिहान दश बजे ल्हासा सहरको पोताला दरबार चोकमा एउटा भव्य समारोहको आयोजना गरिएको छ। ७० वर्षको अवधिमा तिब्बतमा गरिबी निवारणमा ठूलो उपलब्धि हासिल भएको छ।
सन् २०१९ को अन्त्यसम्म, तिब्बतका ६ लाख २८ हजार गरिब जनता सम्पूर्ण रूपमा विपन्नताबाट मुक्त भएका छन्। अहिले तिब्बतमा सांस्कृतिक पर्यटन, हरित ऊर्जास्रोत आदि पठारभूमि विशेष व्यवसायको विकास हुँदै आएको छ। गत वर्ष तिब्बती गाउँ बासिन्दाको औसत खर्चयोग्य आम्दानी १४,५९८ चिनियाँ युआन पुगेर लगातार पाँच वर्षसम्म निरन्तर रूपमा १३ प्रतिशतको दरले वृद्धि भएको छ।