पाँचौँ चीन-अरबेली मुलुक एक्स्पोलाई राष्ट्राध्यक्ष सी चिनफिङको बधाई सन्देश
2021-08-19 14:23:20CRI
Share with:

अगष्ट १९ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पाँचौँ चीन-अरबेली मुलुक एक्स्पोलाई बधाई सन्देश पठाउनुभएको छ।

सन्देशमा सीले औंल्याउनुभएको छ, ‘बितेका वर्षहरूमा चीन र अरबेली मुलुकबीच रणनैतिक सहयोगबाट बेल्ट एण्ड रोड सहयोग उपलब्धिमूलक भएको छ।’ चीनले अरबेली मुलुकसँगै मिलेर बीआरआईको उच्च गुणस्तरीय विकास गर्दै नयाँ युग उन्मुख संयुक्त भाग्य समुदायको निर्माण गर्ने आशा लिएको छ।

प्राप्त जानकारी अनुसार, पाँचौँ चीन-अरबेली मुलुक एक्स्पो सोही दिनबाट नीङस्या ह्वी जातिय स्वायत्त प्रदेशीय सदरमुकाम यीनछ्वानमा शुरू भएको छ। सो एक्स्पो चीनको वाणिज्य मन्त्रालय, चीन अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन समिति तथा नीङस्या ह्वी जातिय स्वायत्त प्रदेशीय सरकारको संयुक्त संयोजनमा गरिएको हो।