भाइरस उद्गम खोजीको आतंक मच्चाएको अमेरिकाद्वारा विज्ञान विपरीत विभाजनको सिर्जना
2021-08-19 18:18:05cri
Share with:

भाइरस उद्गम खोजीको आतंक मच्चाएको अमेरिकाद्वारा विज्ञान विपरीत विभाजनको सिर्जना_fororder_IMG_6396(20210819-181255).JPG

हाल अमेरिका कोभिड-१९ भाइरस उद्गम खोजी अवस्थाबारे परिचित भएको व्यक्तिले मिडियालाई जानकारी दिएअनुसार, अमेरिकी सूचना विभागको तथाकथित जाँचमा वास्तविक प्रगति नभएको बताएका छन्। उनका अनुसार तर अमेरिकी सरकारका उच्च तहको विचारमा जाँच नै उद्देश्य होइन तर जाँचलाई बढाउनु चाहिँ अर्थपूर्ण छ किनभने त्यसबाट चीनको कूटनीतिक स्रोतको उपयोग गरी चीन विरूद अमेरिकाको सौदाबाजी चिप्सलाई थप्न सकिनेछ।

यदि उक्त खबर सत्य हो भने यो नै अमेरिकाले कोभिड-१९ भाइरसको उद्गम खोजीमार्फत राजनीतिक हेरफेर गरेको प्रमाण हो। जसबाट विश्वलाई देखाइयो कि कोभिड-१९ भाइरसको तुलनामा अमेरिकाको भाइरस उद्गम खोजी आतंक नै अझ घातक भाइरस हो। चीनका तीन वटा थिङ्कट्याङ्कले हाल संयुक्त रूपमा प्रतिवेदन सार्वजनिक गरी अमेरिकालाई विश्व शीर्ष भाइरस उद्गम खोजी आतंकको रूपमा राखेको छ जुन अत्यन्त सत्य हो।

भाइरस उद्गम खोजीको आतंक मच्चाएको अमेरिकाद्वारा विज्ञान विपरीत विभाजनको सिर्जना_fororder_IMG_6397(20210819-181259).JPG

कोभिड-१९ भाइरस उद्गम खोजी कार्य वैज्ञानिक विषय हो तर राजनीतिक हेरफेर हुँदैन। हाल सीजीटीएन थिङ्कट्याङ्कले सार्वजनिक गरेको जनमतका अनुसार, ८० प्रतिशत नेटिजनले भाइरस उद्गम खोजी कार्यमा राजनीतिकरण भएको बताएका छन् भने ८३.१ प्रतिशत नेटिजनले अमेरिकामा भाइरस उद्गम खोजीबारे जाँच गर्न विश्व स्वास्थ्य संगठनलाई आग्रह गरेका छन्। यो नै विश्वका जनताको साझा इच्छा हो।

अन्तर्राष्ट्रिय समूहले कोभिड-१९ भाइरसको उद्गम खोजी गर्नुका साथै भाइरस उद्गम खोजी आतंक जस्तो राजनीतिक भाइरसको उद्गमको पनि खोजी गर्नुपर्छ।