तिब्बतलाई विभाजन गर्ने कुनै अवसर छैन
2021-08-19 20:28:03cri
Share with:

तिब्बतलाई विभाजन गर्ने कुनै अवसर छैन_fororder_IMG_6401(20210819-202626).JPG

अगष्ट १९ तारिख तिब्बत शान्तिपूर्ण मुक्ति भएको ७०औँ वार्षिकोत्सव उपलक्ष्यमा ल्हासा शहरमा एक समारोहको आयोजना भएको छ। तिब्बती जातीय सर्वसाधारणको स्वास्थ्य र खुशी अनुहारबाट ७० वर्षयता तिब्बतको ठूलो विकास प्रतिबिम्बित भएको छ।

तिब्बतलाई विभाजन गर्ने कुनै अवसर छैन_fororder_IMG_6402(20210819-202630).JPG

तिब्बती सर्वसाधारणले के चाहन्छ? विश्वका अरू जनता जस्तो तिब्बतीहरूले शान्त तथा धनी जीवन र दासत्वरहित स्वजातीय मामिलाको स्व-व्यवस्थापन गर्ने अधिकार चाहन्छ। ७० वर्षअघि तिब्बत शान्तिपूर्ण मुक्त हुनु नै तिब्बतको ऐतिहासिक परिवर्तन बिन्दु मात्र नभइ तिब्बती सर्वसाधारणले असल जीवनलाई व्यवहारमा उतार्ने सुरूवात पनि हो।

अमेरिकी लेखक रौरेन्स जे ब्रह्मको विचारमा छिङहाइ-तिब्बत पठारमा विभिन्न जातिका सँस्कृतिको राम्रोसित संरक्षण भएको छ भने आपसी उदारता छ र साँस्कृतिक दीगो विकास पनि भएको छ। पाकिस्तान अवान वकिल संघका वकिल मुहामद इकबालले पहिलाभन्दा वर्तमान तिब्बतको ठूलो परिवर्तन भएको भन्दै सामाजिक तथा आर्थिक स्थिर विकासबाट तिब्बतको गरिबी निवारण कार्यलाई प्रभावकारिता पारिएको औँल्याउनुभयो।

तिब्बतलाई विभाजन गर्ने कुनै अवसर छैन_fororder_IMG_6403(20210819-202634).JPG

सहि हो। तिब्बत शान्तिपूर्ण मुक्त भएको ७० वर्षको विकास उपलब्धिबाट सम्पूर्ण परिवर्तन भएको चमत्कार र तिब्बती मानवअधिकार कार्यको ठूलो प्रगति देखाइएको छ साथै तिब्बत शासन गर्ने चीन सरकारको रणनीतिको सही भएको प्रमाणित भएको छ। जुन प्राचीन तिब्बतलाई सुन्दर बनाउन खोज्ने पश्चिमा चीन विरूद्ध दलको झूटलाई पर्दाफास पनि गरेको छ।