युनानको सीमावर्ती गाँउलाई राष्ट्राध्यक्ष सी चिनफिङको जवाफी चिट्ठी
2021-08-20 15:40:59CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अगष्ट १९ तारिख युननान प्रान्तीय छाङयुआवान वा जातीय स्वायत्त जिल्लाको सीमावर्ती गाँउका पार्टी सचिवहरूलाई जवाफी चिट्ठी पठाउँदै उनीहरूलाई उदाहरणीय भूमिका खेल्दै सुन्दर घरबारको निर्माण गर्न प्रोत्साहन गर्नुभएको छ।

युननान प्रान्तीय छाङयुआवान वा जातीय स्वायत्त जिल्ला चीनको दक्षिण पश्चिमी सीमा क्षेत्रमा अवस्थित छ। यो चीनमा वा जातीयको सबैभन्दा ठूलो बसोबास भएको जिल्ला पनि हो। सन् २०१९ को अन्तसम्म सो जिल्लाका ६७ वटा गरिब गाँउका ४० हजार गरिब जनता गरिबीबाट मुक्त भएका थिए।