तिब्बत शान्तिपूर्ण मुक्त भएको ७० औँ वार्षिकोत्सव समारोह आयोजित
2021-08-20 11:10:17CRI
Share with:

अगष्ट १९ तारिख तिब्बत शान्तिपूर्ण मुक्त भएको ७० औँ वार्षिकोत्सव समारोह भव्यताका साथ मनाइएको छ। समारोहमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् सैन्य आयोगका अध्यक्ष सी चिनफिङको बधाई सन्देश ‘सुन्दर सुखमय तिब्बतको निर्माण गर्दै महान पुनरूत्थान सपनाको संयुक्त रूपमा सिर्जना गरौं’ बोर्डमा प्रदर्शन गरिएको छ। साथै केन्द्रिय समितिको प्रतिनिधि मण्डलका प्रमुख वाङ याङले सो समारोहमा भाग लिँदै सम्बोधन गर्नुभएको छ।

सम्बोधनमा वाङले तिब्बत स्वायत्त प्रदेश तथा तिब्बतमा रहेका विभिन्न जातिहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै तिब्बतको विकास तथा प्रगतिको समर्थन दिँदै आएका विभिन्न क्षेत्रका व्यक्तिहरूलाई मनदेखि धन्यवाद व्यक्त गर्नुभएको छ।

चिनियाँ राष्ट्रको महान पुनरूत्थानको निर्णायक घडीमा चीन रहेको र समाजवादी आधुनिक राष्ट्रको चौतर्फि निर्माण भन्ने नयाँ यात्रा शुरू भएको सन्दर्भमा तिब्बतको आर्थिक तथा सामाजिक विकास पनि नयाँ ऐतिहासिक शुरूआतमा पुगेको कुरा वाङले पुष्टि गर्नुभएको छ। यसबारे प्रकाश पार्दै उहाँले भन्नुभएको छ, ‘गरिबी निवारण उपलब्धिलाई कायम राख्दै ग्रामीण पुनरूत्थानलाई चौतर्फि रूपमा अघि बढाउँदै जाने छौं।’ ‘सीमालाई बलियो बनाउने र सीमावर्ती बासिन्दाहरूलाई धनी बनाउने नीतिको कार्यान्वयनलाई गहन पार्दै जनताको दैनिक जीवनसँग घनिष्ट सम्बन्ध भएका हरेक कामलाई राम्रोसँग पूरा गर्नुपर्छ जसबाट विभिन्न जातिका मानिसहरू सुख र सुरक्षित बनाउँदै जाने छौँ।’ साथै उहाँले केन्द्रिय समितिले तिब्बतको विकासमा दिने लगानी र समर्थन बढ्दै जाने जोड पनि दिनुभएको छ।

प्राप्त जानकारी अनुसार, उक्त समारोह तिब्बत शान्तिपूर्ण मुक्त भएको सत्तरीऔं वार्षिकोत्सवको अवसरमा मनाइने कार्यक्रमहरूमध्येको एक हो। केन्द्रिय समितिको प्रतिनिधि मण्डलको तिब्बतका विभिन्न ठाँउमा सर्वसाधारणको स्थिति अवलोकन गर्ने योजना पनि छ।