तिब्बत शान्तिपूर्ण मुक्त भएको ७० औँ वार्षिकोत्सव मनाउँदै, सर्वसाधारणद्वारा शुभकामना व्यक्त
2021-08-20 15:34:48CRI
Share with:

अगष्ट १९ तारिख तिब्बत शान्तिपूर्ण मुक्त भएको ७० औँ वार्षिकोत्सव समारोह ल्हासास्थित पोताला दरबार चोकमा आयोजना गरिएको छ, जहाँ लगभग २० हजार सर्वसाधारणको सहभागिता रहेको छ।

समारोहमा सहभागी प्यानपाट्रेरेन ल्हासा शहरीय भाकोर सडक तानचेलिन समूदायका प्रमुख हुनुहुन्छ। दश वर्षअघि उहाँले तिब्बत शान्तिपूर्ण मुक्त भएको ६०औँ वार्षिकोत्सव समारोहमा पनि भाग लिनुभएको थियो। हाल ७० औँ वार्षिकोत्सव समारोहमा सहभागी हुनपाउँदा उहाँलाई ज्यादै गौरव लागेको बताउनुभयो।

यसै गरी, समारोहमा सहभागी ल्हासा शहरीय दोस्रो माध्यमिक विद्यालयका विद्यार्थी मिमा ट्रेरेनले भविष्यमा राम्रो विश्वविद्यालयमा भर्ना भएर मातृभूमिको निर्माणमा योगदान दिने व्यक्त गरेका छन्।

शिक्षक चाङ छुनमैका अनुसार, ७० वर्षको विकासमा तिब्बतको मानव अधिकारले चौतर्फी र ऐतिहासिक प्रगति हासिल गरेको छ।

यसै गरी, स्थानिय अस्पतालमा सहयोग गर्ने चिकित्सक स्यु वैच्युनले पूर्वजहरुको इमानदारी तथा योगदानको भावनाबाट सिकेर स्वर्गसँग सबैभन्दा नजिकको क्षेत्रमा जीवनको रक्षा गर्ने कुरा व्यक्त गर्नुभएको छ।