चीन विश्व आर्थिक पुनरूत्थानको ‘स्टेबलाइजर’ हुने
2021-08-20 20:36:27cri
Share with:

चीन विश्व आर्थिक पुनरूत्थानको ‘स्टेबलाइजर’ हुने_fororder_QQ图片20210820203503

हाल कोभिड-१९ भाइरसको डेल्टा उत्परिवर्तित स्वरुपका कारण विश्वभर तनाव फैलिरहेको छ जसबाट विश्व आर्थिक पुनरूत्थानको प्रकृयालाई प्रभावित पारिएको छ। यसको पृष्ठभूमिमा चीन सरकारले गरेको पछिल्लो आर्थिक सूचीले अन्तर्राष्ट्रिय समूहको ध्यान तानेको छ।

चीनको लागि जुलाईमा बाह्य अनिश्चितताका कारकतत्व बढेको, आन्तरिक बाढी प्रकोप तथा कतिपय क्षेत्रमा देखिएको महामारीको प्रभावका कारण कतिपय मुख्य आर्थिक सूचिको वृद्धि गति सुस्त भएको छ। तर समग्रमा चीनको समष्टिगत सूचि अझै उचित अन्तरालमा रहेको छ र समग्र आर्थिक अवस्थामा पुनरूत्थानको प्रवृत्ति कायम राखिएको छ। धेरै विश्लेषकले उल्लेख गरे जस्तै चीन विश्व आर्थिक पुनरूत्थानको स्टेबलाइजर हुँदै जानेछ।

 चीन विश्व आर्थिक पुनरूत्थानको ‘स्टेबलाइजर’ हुने_fororder_QQ图片20210820203453

विश्व आर्थिक अवस्थाको स्थिरताका लागि चीनको अर्थतन्त्रको स्थिर पुनरूत्थान निकै महत्वपूर्ण छ। अझ महत्वपूर्ण कुरा के हो भने एकपक्षीयतावाद, विश्वव्यापीकरण, संरक्षणवाद आदि प्रतिकूलताको सामना गरेपनि चीनले अझै ढोका खोलेर विश्व अर्थतन्त्रको छिटो पुनरूत्थानकमा लागि सहयोग गरिरहेको छ।

चीनले विश्वको आर्थिक विकासलाई गरेको योगदान वर्तमानको लागि मात्र होइन तर दीर्घकालको लागि हो। द्वन्दको विरोध गरी सहयोगमा अडिग, बन्द नभएर खुलापन, आपसी हितयुक्त सहयोग गर्नेमा अडिग रहेको चीन विश्व साझा खुलापनको महत्वपूर्ण प्रवर्तक बनिसकेको छ। जसबाट अझ खुला, उदार, साझा फाइदायुक्त, सन्तुलित, वीन वीन आर्थिक विश्वव्यापीकरण अझ बढी मानिसको अपेक्षा बन्दै जानेछ।