《चीनको“बेल्ट एण्ड रोड”व्यापार तथा लगानी विकास प्रतिवेदन,२०२१》 सार्वजनिक
2021-08-20 15:35:02cri
Share with:

《चीनको“बेल्ट एण्ड रोड”व्यापार तथा लगानी विकास प्रतिवेदन,२०२१》 सार्वजनिक_fororder_src=http___images.china.cn_attachement_jpg_site1000_20170503_7427ea210d491a73e31928&refer=http___images.china

चीनको वाणिज्य मन्त्रालयअन्तर्गत अन्तर्राष्ट्रिय व्यापारिक तथा आर्थिक सहयोग अनुसन्धान विभागले बनाएको《चीनको“बेल्ट एण्ड रोड”व्यापार तथा लगानी विकास प्रतिवेदन,२०२१》हाल पैचिङ्गमा सार्वजनिक भएको छ। यस प्रतिवेदनका अनुसार वर्तमान पृष्ठभूमिमा महामारीको रोकथामका लागि सहयोग,वृद्धि नै बेल्ट एण्ड रोडको व्यापार तथा लगानीको मुख्य शब्द बनेका छन्। विशेषज्ञका अनुसार संयन्त्र तथा विचारधारा दिन प्रतिदिन पूर्णता दिलाइएको साथमा बेल्ट एण्ड रोड निर्णय प्रस्तावले ग्लोबल सहमतिलाई विकास तथा प्रवर्द्धन गर्नेमा अझ ठूलो भूमिका सिर्जना गर्दै जाने छ।

सम्बन्धित तथ्याङ्कअनुसार यस वर्षको अघिल्ला सात महिनामा चीनले बेल्ट एण्ड रोड सम्बन्धी तटवर्ती मुलुकका लागि जम्मा गरी ६३ खर्ब चिनियाँ युआनको आयात निर्यात सिर्जना गरेको छ भने गत वर्षको सोही अवधिको तुलनामा २५.५प्रतिशतले बढेको छ। 《चीनको“बेल्ट एण्ड रोड”व्यापार तथा लगानी विकास प्रतिवेदन,२०२१》का अनुसार महामारीको प्रभावमा बेल्ट एण्ड रोडको आर्थिक तथा व्यापारिक सहयोग नकारात्मक प्रवृत्तिको विपरीत भएर विकास गरिरहेको छ जसबाट यसको शक्तिशाली तथा ठूलो शक्ति देखाएको छ। यसप्रति वाणिज्य मन्त्रालयअन्तर्गत अन्तर्राष्ट्रिय व्यापारिक तथा आर्थिक सहयोग अनुसन्धान विभागका उपप्रमुख चाङ्ग वीका अनुसार बितेका एक वर्षमा ग्लोबल महामारी अवस्था निकै गम्भीर भएको पृष्ठभूमिमा महामारी रोकथाम सम्बन्धी सामग्री उद्धार होस वा सम्बन्धित अनुभवको शेयरमा चीनले बेल्ट एण्ड रोड सम्बन्धी तटवर्ती मुलुकका जनताको स्वास्थ्य तथा सुरक्षाका लागि धेरै सक्रिय प्रयास गरेको छ।

यस प्रतिवदेनका अनुसार मालसामान व्यापारको सम्बन्धमा सन्२०१३देखि सन्२०२०सम्म चीन र बेल्ट एण्ड रोड सम्बन्धी तटवर्ती मुलुकबीचको व्यापार १० खर्ब ४० अर्ब अमेरिकी डलरबाट १३खर्ब ५० अर्ब अमेरिकी डलरसम्म बढेको छ। यो व्यापार चीनको कूल मालसामान व्यापारमा ओगटेको अनुपात २५बाट २९.१प्रतिशतसम्म उकासिएको छ। उपप्रमुख चाङ्गका अनुसार उक्त डाटाबाट चीन र बेल्ट एण्ड रोड सम्बन्धी तटवर्ती मुलुकबीचको आर्थिक तथा व्यापारिक सहयोगको व्यापक अवसर र शक्ति प्रतिबिम्बित भएको छ।

यस प्रतिवेदनका अनुसार चालू वर्षको जुनसम्म चीनले १४०मुलुक र ३२ अन्तर्राष्ट्रिय संगठनसँग बेल्ट एण्ड रोडको संयुक्त निर्माण सम्बन्धी २०६ सहयोग दस्तावेजमा हस्ताक्षर गरेको छ। यी दस्तावेजमा बारम्बार सम्पर्क, लगानी, व्यापार, बित्त, बैज्ञानिक प्रविधि, समाज, मानवीय संस्कृति,नागरिक जीवन आदि क्षेत्र समेटिएका छन्। यस निर्णय प्रस्तावले ग्लोबल व्यवस्थापनको प्रवर्द्धनमा अझ महत्वपूर्ण भूमिका सिर्जना गर्दै जाने छ।