#समाचार सन्दर्भ# “खोपको राष्ट्रवाद” हुँदैन
2021-08-21 15:54:56CRI
Share with:

#समाचार सन्दर्भ# “खोपको राष्ट्रवाद” हुँदैन_fororder_01

हाल कोभिड -१९ भारइसको डेल्टा उत्परिवर्तित स्वरूपमा कारण विश्वमा महामारी नियन्त्रण अभियानमा अनिश्चितता थपिँदै गएको छ।

खोप नै महामारीलाई पराजित गर्ने प्रभावकारी साधन हो। तर विश्वमा खोप वितरण गम्भीर असन्तुलित भएकोले विश्व महामारी नियन्त्रण प्रकृयालाई धेरै प्रभावित पारिएको छ। तथ्याङ्कका अनुसार, विश्वमा खोप लगाउने दर निकै कम छ भने अझै ६३ प्रतिशत मुलुक र क्षेत्रको खोप लगाउने दर २० प्रतिशतभन्दा कम देखिन्छ। तर यो समस्त मानवजातिको साझा चुनौतीको सामना गर्दा कतिपय मुलुकले जिम्मेवारी वहन गरिरहेका छैनन् भने खोपको राष्ट्रवादमा अडिग रहेका देखिन्छन्।  

यसो अवस्थामा विश्वमा खोपको न्यायिक तथा उचित वितरणलाई बढाउनु नै अझ महत्वपूर्ण भएको छ। विश्वमा खोप वितरणको खाडल विस्तृत भएसँगै अगष्टमा विश्व स्वास्थ्य संगठनले बुस्टर डोज लगाउने अवधि पछि सार्न विकसित मुलुकलाई आग्रह गरेको छ। वर्तमान अवस्थालाई तत्काल बदलेर धेरैजसो खोप उच्चहरू उच्च आम्दानी भएका धनी मुलुकमा प्रवाह भइरहेको बाट कम आम्दानी भएका मुलुकलाई प्रदान गर्नेमा परिवर्तन गर्नुपर्ने विश्व स्वास्थ्य संगठनले दोहोर्याएको छ।

चीनले महामारी नियन्त्रणमा चरणवद्ध उपलब्धि हासिल गर्नुका साथै विश्व एकतावद्ध भएर महामारी विरूद्ध, विश्व आर्थिक पुनरूत्थानलाई सक्रिय रूपमा बढाइरहेको छ र चिनियाँ खोपले अन्तर्राष्ट्रिय महामारी नियन्त्रण गर्न पनि योगदान गरिरहेको छ। हाल चीनले अन्तर्राष्ट्रिय समूहलाई ७७ करोड डोज कोभिड-१९ खोप प्रदान गरेको छ तीमध्ये १००भन्दा बढी मुलुकलाई खोप अनुदान गरेको छ। ६०भन्दा बढी मुलुकलाई खोप निर्यात गरेको छ। साथै चीनले विभिन्न विकासोन्मुख मुलुकसँग प्रविधि हस्तान्तरण र उत्पादन सहकार्य गरी खोपको ठूलो मात्रामा उत्पादनलाई तीव्र बढाएर अन्तर्राष्ट्रिय महामारी नियन्त्रण गर्न चिनियाँ योगदान गरेको छ।

#समाचार सन्दर्भ# “खोपको राष्ट्रवाद” हुँदैन_fororder_02

तर अमेरिकाले खोप एकाधिकारमा अडिग रहेर खोपको राष्ट्रवाद गरिरहेको छ। थोरै प्रदान गरे पनि राजनीतिक उद्देश्य देखिन्छ र खोपको राष्ट्रवादको सार प्रतिबिम्बित भएको हो।

हालको रिपोर्टका अनुसार, अमेरिकी सरकारका उच्च तहले खोप अनुदानलाई चिप्सको रूपमा राखेर चीनका छिमेकी मुलुकलाई चीन भाइरसको उद्गम भन्ने जबर्जस्ती अवधारणा बनाएर प्रचार गरिरहेका छन्। चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता ह्वा छुनयिङले भन्नुभए झैँ बल्ल अमेरिकाले आफ्नो खोप दिएको छ तर रिपोर्टमा भनिएको जस्तै अमेरिकाले खोपमा मूल्य स्पष्ट रूपमा देखाइसकेको छ र खोप तथा भाइरस उद्गम खोजी कार्यलाई जोडेर खोपलाई चीन विरोधी गठवन्धनमा संलग्न हुने उपकरण बनाएको छ। यो नै अनैतिक, गैरजिम्मेवार र निन्दनीय कुरा हो।