अर्थतन्त्रको दुइटा चक्रमा हङकङको उज्ज्वल भविष्य
2021-08-23 18:58:29CRI
Share with:

अगष्ट २३-२५ सम्म चीनको राज्य परिषद हङकङ मकाउ कार्यालय, राष्ट्रिय विकास सुधार समिति, विज्ञान मन्त्रालय, चिनियाँ जन बैंक लगायतका विभागहरूबाट गठित प्रचार टोलीले हङकङमा १४ औँ पञ्च वर्षीय योजनाबारे प्रचारप्रसार कार्यक्रम गरेको छ। जसबाट हङकङमा विकास मौका पारेर राष्ट्रिय विकास मूल स्थितिमा भाग लिन सहयोगी भएको छ।

अर्थतन्त्रको दुइटा चक्रमा हङकङको उज्ज्वल भविष्य_fororder_11

चीनको १४ औँ पञ्च वर्षीय योजनामा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै चक्र गार्हस्थ एक अर्कालाई प्रवर्द्धन पारिने विकासको नयाँ स्थितिको छिटो निर्माण गर्ने कुरामा जोड दिइएको छ। विकासको यो नयाँ स्थितिमा हङकङले गार्हस्थ्य चक्रको ‘सहभागिता’ र अन्तर्राष्ट्रिय चक्रको ‘प्रवर्द्धनकर्ता’को रूपमा सक्रियताका साथ भाग लिँदै विकासमा जीवन्त शक्ति र मौका खोज्नसक्ने विचार प्रचार कार्यक्रममा भाग लिएकाहरूले गरेका छन्।

गार्हस्थ चक्र प्रधान सम्बन्धमा हङकङको लागि चीनको मुख्य भूमिको बृहत बजारको श्रेष्ठता तथा भित्री मागको प्रवर्द्धन गर्ने शृङ्खलाबद्ध कदमहरू निकै फाइदाजनक हुन्छ। हङकङ उद्यमहरूले १४ औँ पञ्च वर्षीय योजनाको विकास मौका पारेर मुख्य भूमिको बजारमा महत्व दिनुपर्ने शंका छैन। तीमध्ये विज्ञान तथा प्रविधिको नवीकरण नै हङकङ गार्हस्थ चक्रमा भाग लिने द्रुत बाटो हो।

१४ औँ पञ्च वर्षीय योजनामा यसरी लेखिएको छः अन्तर्राष्ट्रिय मौद्रिक बजार, जहाज ढुवानी, व्यापार केन्द्रको स्थानलाई उकास्न हङकङलाई समर्थन दिँदै जानेछ। अन्तर्राष्ट्रिय सम्पति व्यवस्थापन केन्द्र तथा खतरा व्यवस्थापन केन्द्रको भूमिकालाई सबल पारिँदै जानेछ। यसले गर्दा हङकङको श्रेष्ठता भएका क्षेत्रहरूले अन्तर्राष्ट्रिय आर्थिक चक्रमा अझ ठूलो भूमिका निर्वाह गर्न सहयोगी हुनेछ।

अर्थतन्त्रको दुइटा चक्रमा हङकङको उज्ज्वल भविष्य_fororder_22

साथै १४ औँ पञ्च वर्षीय योजनामा हङकङलाई नयाँ स्थान प्रदान गरिएको छ। यसमा हङकङको अन्तर्राष्ट्रिय हवाइ केन्द्रको भूमिकाको बढावा, अन्तर्राष्ट्रिय नवीन तथा विज्ञान प्रविधि केन्द्रको निर्माण एवं बौद्धिक सम्पत्ति अधिकार व्यापार केन्द्रको स्थापना, चिनियाँ तथा विदेशी संस्कृति आदानप्रदान केन्द्रको विकास लगायतका क्षेत्रमा हङकङको समर्थन दिँदै जाने बताइएको छ।

प्रचार कार्यक्रममा चिनियाँ पदाधिकारीले भन्नुभए जस्तै, हङकङले मुख्य भूमि तथा अन्तर्राष्ट्रिय क्षेत्रलाई जोडिने ‘वृहत सम्पर्ककर्ता’को भूमिका निर्वाह गर्दै अर्थतन्त्रको गार्हस्थ्य तथा अन्तर्राष्ट्रिय चक्र दुवैको प्रवर्द्धन गर्नुपर्छ।