खेलौना बन्दुकदेखि ओलम्पिक च्याम्पिएनसम्म फाङ वैको कथा-१
2021-08-23 09:34:21cri
Share with:

खेलौना बन्दुकदेखि ओलम्पिक च्याम्पिएनसम्म फाङ वैको कथा-१_fororder_1

आजको कार्यक्रम जापानको टोकियोबाट शुरु गरौं। चालू वर्षको जुलाई २७ तारिख जापानको टोकियो ओलम्पिक खेलकुदको शुटिङ हलको वातावरण तनावपूर्ण हुँदै थियो। यस बेलामा चिनियाँ महिला खेलाडी च्याङ रान सिन र पुरुष खेलाडी फाङ वै रुसी खेलाडीविरुद्ध खेलिरहेका थिए। चार जना खेलाडीले शुटिङ लाइनमा उभिएर दायाँ हातबाट पिस्टोल समातेर दश मिटर टाढामा रहेको सानो कालो थोप्लालाई लक्षित गरिरहेका थिए। उनीहरु एयर पिस्टोलको दश मिटरको मिश्रित समूहको फाइनल प्रतियोगितामा भाग लिइरहेका थिए।

एयर पिस्टोलको दश मिटरको मिश्रित समूहिक प्रतियोगिता यस पटकको टोकियो ओलम्पिक खेलकुदमा राखिएको नयाँ प्रतियोगिता हो। सर्वप्रथम सोह्र अंक पाउने टोलीले स्वर्ण पदक जित्ने छ। अहिले चिनियाँ टोलीले चौध अंक पाएको छ भने रुसी टोलीले पनि समान चौध अंक पाएको छ। हाल, अन्तिम चरणको शुटिङ शुरु हुँदै थियो। अब, जुन टोलीले बढी रिङस पाउनेछ त्यसैले स्वर्ण पदक जित्ने छ। रुसी पुरुष खेलाडी छेरनोवुसोभले सर्वप्रथम पिस्टोल चलाए। ९.८ रिङस, बराबर लक्ष्यको केन्द्रमा थियो। अब, चिनियाँ खेलाडीले निकै उत्कृष्ट प्रस्तुतीमार्फत मात्र स्वर्ण पदक जित्नसक्ने सम्भावना छ। चिनियाँ पुरुष खेलाडी फाङ वैले शान्त रूपमा पिस्टोल उठाएर लक्षित निशाना हेरेर त्रिगर थिचे। उनले हानिसकेपछि पिस्टोललाई छेउको टेबलमा राखेर शान्त भएर परिणाम पर्खिरहेका छन्। उनका छेउमा रहेका रुसी खेलाडीको यथावत रुपमा पिस्टोल हातमै छ, फाङ वैभन्दा अझ चिन्तित देखिन्छ। १०.१ रिङस। दर्शक क्षेत्रमा बसेका फाङ वैका साथीहरुले गडगडाहटका साथ ताली बजाए।