अगष्ट २३ तारिख संयुक्त राष्ट्र संघले निश्चित गरेको ‘काला जातिका दास प्रथाको किनबेचको उन्मुलन अन्तर्राष्ट्रिय स्मृति दिवस’ हो। अमेरिकाले हालै सार्वजनिक गरेको ‘मानव तस्करी वार्षिक प्रतिवेदन’मा अमेरिका आफूलाई ‘सबभन्दा राम्रो प्रदर्शन गरेको पहिलो श्रेणीको नामावली’मा समावेश गराएको छ। अमेरिकाले यस्तो दोहोरो मापदण्ड प्रयोग गरेकाले विश्वले अमेरिकालाई तिरस्कार गरेको देखिन्छ।
दास प्रथा मानव किनबेच तथा तस्करी नै मानवजातिको इतिहासमा मानवअधिकारको उलंघन गरेको सबभन्दा निस्कृष्ट कारवाही हो। विश्वमा प्रथम शक्तिशाली मुलुकले दासहरूको पिठ्यूँमा उभिएर पुँजीको प्रारम्भिक संकलन गरेका थिए। यस्तो इतिहास बोकेको अमेरिका मानव अधिकारबारे चर्चा गर्ने योग्य छैन र अरू देशमाथि औंला उठाउने साहस कहाँबाट पाउँछ?
डर लाग्दो कुरा के हो भने मानव तस्करी तथा जबरजस्ती श्रम अमेरिकामै विद्यमान छ। अल्पसंख्यक जातिका मानिसहरू अत्यन्त पीडित भएको देखिन्छ। पीडितहरूमध्ये अधिकांश श्रमको काम अथवा घरेलु दासत्वबाट ग्रस्त भइरहेका छन्।
मानवअधिकारको यस्तो निकृष्ट रेकर्ड भएको अमेरिकाले मानव अधिकारमा न्यायधिशको रूपमा पहिले आफूमाथि मुद्दा चलाउनुपर्छ अनि मात्र अरू देशमाथि औंला उठाउने योग्य बन्छ अमेरिका।