साइ हान पा भावनाको प्रचार प्रसार गर्दैजाने: राष्ट्राध्यक्ष सी चिनफिङ
2021-08-24 15:22:24cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले २३ तारिख हपै प्रान्तको साइ हान पा मानव निर्मित बन क्षेत्र अर्थात् यूएल्याङ सान पुगेर उक्त बन क्षेत्रको प्राकृतिक दृश्यको निरीक्षण गर्नुका साथै हपै प्रान्तले पहाड, जल, बन, जमिन, ताल, घाँस र बालुवाको व्यवस्थापनमा गरेको कामबारे अनुगमन तथा जानकारी लिँदै बन रक्षकहरूसँग पनि भेटघाट गर्नुभएको छ।

 

सन् १९६२ मा पैचिङसम्म पुग्ने गम्भीर बालुवा आँधीलाई रोक्नका लागि चीनको बन मन्त्रालयले साइ हान पा बन क्षेत्रको स्थापना गरेको थियो। त्यस बेला चीनका १८ वटा प्रान्तबाट आएका औसत रूपमा २४ वर्ष पुगेका जम्मा ३ सय ६९ जना युवा युवतीहरूले साइ हान पामा भेला भएर उच्च पहाडी क्षेत्रमा मानव बन क्षेत्रको निकै जटिल र अप्ठ्यारो कार्य थालेका थिए।

 

यसै गरी, राष्ट्राध्यक्ष सीले सोही क्षेत्रमा रहेको शाङहाइ स्मृत्ति बन पुगेर बन जंगलको वास्तविक अवस्थाको निरीक्षण गर्दै बन क्षेत्रले साइ हान पा भावनाको उच्च गुणस्तरीय विकासको अवस्थाबारे पनि जानकारी लिनुभएको छ। त्यस क्रममा उहाँले साइ हान पा भावनाको राम्रोसँग प्रचार प्रसार गर्दै जान चिनियाँ कम्युनिष्ट पार्टीका सबै सदस्य र देशका सबै जनतालाई आह्रान गर्नुभएको छ।