छुइ च्यांग नदीमा फूल टिप्ने कथा-2
2021-08-25 10:50:15cri
Share with:

छुइ च्यांग नदीमा फूल टिप्ने कथा-2_fororder_01

सम्राटद्वारा आयोजित छुइ च्यांग भव्य समारोहमा चिन शहरुले मदिरा राखिएका कप छुइ च्यांग नदीमा बगाउँथे। अनि त्यो पानीमा बगिरहेको कप जसका सामू रोकिन्थ्यो उसले त्यस कपमा भएको मदिरा सेवन गरेर त्यसपछि कविता रच्नुपर्थ्यो। यसका साथै अरु सबै चिन शहरुले छानेका दुइजना सबैभन्दा सुन्दर चिन शले बगैंचामा भएका महंगा फूल टिपेर अरु चिन शहरुलाई लगाइदिन्थे। त्यस कार्यक्रमलाई “फूल टिप्ने कार्यक्रम भनिन्थ्यो भने फूल टिप्ने चिन शलाई “पुष्प दूत” भनिन्थ्यो।

एक वर्षमा छुइ च्यांग समारोह सम्पन्न भएपछि चिन शहरु छ अन मन्दिर जान्थे। उनीहरु ता येन स्तूप नजिकैबाट हिंड्दा एकजना चिन शले आफ्ना नाम ता येन स्तूपको भित्तामा लेखेका थिए। त्यसपछि त्यो एउटा चलन बन्नपुगेको थियो। छुइ च्यांग समारोहपछि छ अन मन्दिरको ता येन स्तूपमा गई अक्षर राम्रो भएको एकजना चिन शले सम्पूर्ण चिन शका नाम भित्तामा लेख्दथे।

थाङ वंशका बुद्धिजीबीहरु छुइ च्यांग समारोहमा सहभागी बन्नु र ता येन स्तूपमा नाम लेखाउनुलाई निकै गौरवको रुपमा लिनेगर्दथे। अहिले पनि सि आनको ता येन स्तूपको भितामा ती चिन शहरुको नाम देख्नसकिन्छ।

थाङ वंशको ख च्वी व्यवस्थाद्वारा बुद्धिजीबीहरुले राज्य-शासनमा सहभागी हुने मौका प्रस्तुत गरिएको थियो। तर त्यसपछि ख च्वी व्यवस्थामा भ्रष्टाचारको संकेत देखापरेको थियो। विशेष गरी, उन्नाइसौं शताव्दीका मिंग वंश र छिंग वंशमा ख च्वी परीक्षामा धेरै भ्रष्टाचार गरिएको थियो।