अगष्ट २४ तारिख अमेरिकी सरकारको जासुसी विभागले तोकेको ९० दिनसम्म कोभिड-१९ भाइरस उत्पत्ति सर्वेक्षणको म्यादको अन्तिम दिन हो। अमेरिकी ह्वाइट हाउसका प्रवक्ताले आगामी केही दिनमा सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गर्ने जनाएका छन्। उक्त प्रतिवेदनको निष्कर्ष जुनसुकै भएतापनि जासुसी विभागले बैज्ञानिक सर्वेक्षण गरेको कुरा नै पूराका पूरै राजनीतिक प्रहसन मात्र हो।
इतिहासबाट प्रमाणित भइकेको छः अमेरिकी जासुसी विभागले अमेरिकी प्रभुत्वको संरक्षण गर्ने साधनको रूपमा प्रशस्त फोहोरी काम गरिसकेको छ।
अमेरिकी जासुसी विभागका लागि नक्कली प्रतिवेदन बनाउनु नै उनीहरूको तरिकाहरू मध्येको एक हो। तर योभन्दा अझ कपटी तरिका अरू मुलुकका संचारकर्मीमाथिको नियन्त्रण हो। सो योजना गत शताब्दीको ४० दशकदेखि शुरू भएको हो र गत शताब्दीको ५० को दशकमा ग्वाटेमालाको वामपन्थी सरकार पल्टाइएको कुरा सीआइएले जनमतको नियन्त्रण गरेको नतिजा थियो।
आजआएर अमेरिकी जासुसी विभागले संचारमाध्यमको हेरफेर मार्फत् जनमतलाई ठट्टा गर्न खोजिरहेको छ। अमेरिकी राजनीतिज्ञको प्रस्तावमा जासुसी विभागले कोरोना भाइरसको उत्पत्तिको सर्वेक्षणमा पुरानो तरिकाको प्रयोग गर्दै चीमाथि हिलो छ्याप्ने काम गरिरहेको छ।
विज्ञानमा राजनीतिक हेरफर हुँदैन। चीनले भाइरसको उत्पत्तिको बैज्ञानिक खोजी गर्दै अमेरिकी जासुसी विभागको हिलो छ्याप्ने छूट दिँदैन भने सम्पूर्ण विश्वले ९० दिनको समयमा निकृष्ट तरिकाले बनाइएको निकृष्ट प्रतिवेदनको विश्वास गर्नुहुँदैन।