सी चिनफिङ र फिलिपिन्सका राष्ट्रपतिबीच टेलिफोन वार्ता
2021-08-27 20:23:55CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अगष्ट २७ तारिख फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टोसँग टेलिफोन वार्ता गर्नुभएको छ।

चीनले फिलिपिन्ससितको सम्बन्धमा उच्च महत्व दिएको, फिलिपिन्ससँग मित्रता र पारस्परिक विश्वासलाई सबल पार्ने र दुई मुलुकको सम्बन्धलाई सही लिगमा स्थिरताका साथ अगाडि हिड्न प्रत्याभूति गर्ने कुरामा राष्ट्राध्यक्ष सीले जोड दिनुभयो।

उहाँले फिलिपिन्ससँग महामारी बिरुद्ध सहकार्य गर्ने, फिलिपिन्सको महामारी बिरुद्धका लागि समर्थन र मद्दत दिने पनि बताउनुभयो।

प्रत्युत्तरमा डुटेर्टोले चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना भएको शतवार्षिकोत्सव कोसे ढुङ्गाको रुपमा रहेको र चीनले पूर्ण रुपमा गरिबी निवारण गरेर चिनियाँ कम्युनिष्ट पार्टीले हासिल गरेको ऐतिहासिक उपलब्धि भएको भन्दै चीनलाई बधाई दिनुभयो। उहाँले चीनले फिलिपिन्सलाई खोपको मद्दत दिएकोमा फिलिपिन्सले कृतज्ञाता ज्ञापन गरेको र फिलिपिन्सले चिनियाँ लगानीलाई स्वागत गरेको पनि बताउनुभयो।