सी चिनफिङ र मलावीका राष्ट्रपतिबीच टेलिफोन वार्ता
2021-08-27 19:21:50CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अगष्ट २७ तारिख मलावीका राष्ट्रपति लाजुरु चाक्वेरासँग टेलिफोन वार्ता गर्नुभएको छ।

सीले चीन र मलावीले कोरोना भाइरस महामारीको संयुक्त रुपमा प्रतिरोध गरेका, चीनले मलावीसँग निरन्तर रुपमा महामारी बिरुद्धको सहकार्य गर्ने मनसाय लिएको र चीनले सहायता दिएको कोरोना भाइरस खोपले मलावीले महामारीलाई पराजित गर्नका लागि सकारात्मक भूमिका निर्वाह गर्नसक्ने आशा लिएको बताउनुभयो।

मलावीले एक चीनको नीति पालना गरेकोमा चीनले प्रशंसा गर्नुका साथै मलावीलाई राष्ट्रिय अवस्थासित अनुकूल हुने विकास बाटोको अन्वेषण गर्न समर्थन दिएको, मलावीको आर्थिक तथा सामाजिक विकासका लागि समर्थन र मद्दत दिने आशा लिएको कुरामा सीले जोड दिनुभयो।

चीनले गरिबी निवारण क्षेत्रमा हासिल गरेको ऐतिहासिक उपलब्धिको लागि चाक्वेराले बधाइ दिँदै चीनले मलावलीको महामारी बिरुद्धमा दिएको मद्दतप्रति कृज्ञाता ज्ञापन व्यक्त गरेको बताउनुभयो।