पहिले नभएको विकास चमत्कार सीपीसीले कसरी सिर्जना गर्न सक्यो?
2021-08-27 19:49:17CRI
Share with:

चीनले पहिले देखा नपरेको विकास चमत्कार सिर्जना सफलताको कारण चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व हो भन्ने विचार लिने अन्तर्राष्ट्रिय विश्लेषकहरू धेरै छन् र उनीहरूले सोधेको कुरा चिनियाँ कम्युनिष्ट पार्टीले जनताको नेतृत्व गर्दै ती विकास चमत्कारको कसरी सिर्जना गरेको हो? भन्ने रहेको छ।

हिमा पहिले नभएको विकास चमत्कार सीपीसीले कसरी सिर्जना गर्न सक्यो?_fororder_111

भाग्य हिँडेको बाटोबाट निश्चित हुन्छ। चीनको विकास सफल भएको आधारभूत कारण चिनियाँ कम्युनिष्ट पार्टीले जनताको नेतृत्व गर्दै आफ्नो बाटोमा दृढताका साथ हिड्दै आएको हो। चिनियाँ कम्युनिष्ट पार्टीले स्वतन्त्रता तथा निर्भरताको पालना गर्दै चीनको अवस्थासँग अनुकूल चिनियाँ विशेषतायुक्त समाजवादी बाटोलाई पत्ता लगाएर विकासको अधिकारलाई नियन्त्रणमा राखिरहेको छ।

आफ्नो बाटोमा दृढताका साथ हिँडेको साथै चीनले विश्वको मूल स्थितिलाई बुझेर विकासको नियमहरूको पालना गर्दै वास्तविकतामा आधारित व्यावहारिक कार्य गरिरहेको छ। क्रान्ति होस वा निर्माण वा सुधार क्षेत्रमा चिनियाँ कम्युनिष्ट पार्टीले व्यावहारिक अवस्था आधारित विद्यमान नियम वा सिमालाई भङ्रग गर्दै नविनताको सिर्जना गरिरहेको छ।

चिनियाँ कम्युनिष्ट पार्टीले जनताको नेतृत्व गर्दै शृङ्खलाबद्ध अन्वेषण गरेर ठूलो परिधिमा सामाजिक उत्पादित्वको मुक्ति तथा विकास गरेको छ। विशेष गरी चिनियाँ कम्युनिष्ट पार्टीको १८औँ महाधिवेशनयता लागू भएका २४०० वटा सुधार कदमहरूबाट विकासमा भएका बाधालाई गहन तथा प्रभावकारी रूपमा हटाएकोले विकासको शक्तिलाई उत्तेजित पारिएको छ।

हिमा पहिले नभएको विकास चमत्कार सीपीसीले कसरी सिर्जना गर्न सक्यो?_fororder_222

आजआएर चीनमा सम्पन्न समाजको चौतर्फी निर्माण पूरा भइसकेको छ र मावनको चौतर्फी विकासलाई अघि बढाउँदै संयुक्त रूपमा धनी बन्ने लक्ष्यलाई साकार तुल्याइरहेको छ। विश्वमा प्रथम ठूलो राजनीतिक दलको सय वर्षको विकास तथा उपलब्धिबाट के प्रमाणित गरिएको छ भने खतरा तथा चुनौतीको सामना गर्ने क्षमता चिनियाँ कम्युनिष्ट पार्टीसँग छ र विकासको निरन्तरता तथा स्थिरतालाई कायम राख्दै जानेका साथै चीनले आफ्नो विकास लगायत विश्वमा अझ राम्रो योगदान दिँदै जानेछ।