अमेरिकाको कोभिड-१९ भाइरस उत्पत्ति सर्वेक्षण प्रतिवेदन अर्को राजनीतिक प्रहसन
2021-08-29 15:56:19CRI
Share with:

अमेरिकी स्थानीय समय अनुसार, अगष्ट २७ तारिख अमेरिकी जासुसी विभागले प्रकाशित गरेको ‘कोभिड-१९ भाइरस उत्पत्ति सर्वेक्षण प्रतिवेदन’को मुख्य बुँदामा स्पष्ट निष्कर्ष नलिकाएतापनि भाइरस उत्पत्तिको खोजी असफल भएको दायित्व चीनमाथि थोपरिएको छ। त्यसपछि ह्वाइट हाउसले जनाएको एक वक्तव्यमा चीनले सम्बद्ध सूचना बाँड्न अस्वीकार गरेको र भाइरस उत्पत्तिको खोजी सम्बन्धी अन्तर्राष्ट्रिय सर्वेक्षणमा बाधा पुर्‍याएको दोष लगाएको छ।

अमेरिकाको कोभिड-१९ भाइरस उत्पत्ति सर्वेक्षण प्रतिवेदन अर्को राजनीतिक प्रहसन_fororder_1

यो नै अमेरिकाले भाइरस उत्पत्तिको खोजीलाई राजनीतिकरण गरेको सबभन्दा पछिल्लो प्रहसन हो। कथित सो प्रतिवेदन अवैज्ञानिक र अविश्वासनीय रहेको छ। जासुसी विभागलाई उत्पत्ति सर्वेक्षण गर्ने र छोटो समयमा ‘उपलब्धि’ जनाउने आदेश वास्तवमा ह्वाइटहाउसले ३ महिनाअघि राखेको थियो र त्यतिबेलादेखि नै अन्तर्राष्ट्रिय समाजले स्पष्टसँग बुझेको छ कि अमेरिकाले यसो गर्नुको उद्देश्य भाइरस उत्पत्तिको खोजीमार्फत् चीनमाथि दोष लगाउँदै राजनीतिक भाइरसलाई फैलाउनु हो। भाइरस उत्पत्ति खोज्दा जासुसी विभागको प्रयोग गरेको कुरा नै अमेरिकाले भाइरस उत्पत्ति खोजीलाई राजनीतिककरण गरेको ठोस प्रमाण हो।

जे कुरा पनि नक्कली बनाउन सिपालु अमेरिकी जासुसी विभागले विविध तरिकाको प्रयोग गरेपछि अमेरिकी राजनीतिज्ञले अपेक्षा गरेको उपलब्धि हासिल गर्न असफल भएको कुराबाट के प्रतिविम्वित भएको छ भने राजनीतिक हेरफेरले विज्ञान अगाडी असफल हुन्छ र भाइरस उत्पत्तिको खोजीको पहिलो चरणको निष्कर्ष विज्ञान तथा इतिहासको परीक्षणमा पास भएको छ। अमेरिकी राजनीतिज्ञले चीनमाथि दोष लगाउने प्रदर्शन जति जबर्जस्ति गरेको छ अमेरिकामा महामारी प्रतिरोध र नियन्त्रणमा रहेका शंकाहरू त्यति स्पष्ट बन्दै जान्छन्।

अमेरिकाको कोभिड-१९ भाइरस उत्पत्ति सर्वेक्षण प्रतिवेदन अर्को राजनीतिक प्रहसन_fororder_2

बितेको एक वर्षको वास्तविक अवस्थाबाट प्रमाणित भइसकेको छः राजनीतिक हेरफेरमा लत लागेका अमेरिकी राजनीतिज्ञहरूको कारणले स्वदेशी जनताले ठूलो बलिदान दिएका साथै महामारी प्रतिरोध सम्बन्धी अन्तर्राष्ट्रिय सहयोगमा पनि निकै ठूलो बाधा पुर्‍याइसकेको छ। ती राजनीतिज्ञहरूले यस्ता राजनैतिक हेरफेर खेल्दै गएमा मानवअधिकारको अझ बढी ऋण तिर्नुपर्ने शंका छैन। उनीहरूसँग जिम्मा लिने माग अमेरिकी जनता लगायत विश्वका विभिन्न मुलुकका जनताले गर्नैपर्छ।