शंकास्पद अमेरिकी प्रयोगशालामा भाइरस उत्पत्तिको सर्वेक्षण आवश्यक
2021-08-29 19:29:22CRI
Share with:

हालै अमेरिकी जासुसी विभागले सिर्जना गरेको कोरोना भाइरस उत्पत्ति सर्वेक्षण प्रतिवेदनमा कोभिड-१९ भाइरस ‘प्रयोगशालाबाट चुहेको’ सम्भावनालाई पन्छाउन नसकिने जनाइएको छ। चीनले भाइरस उत्पत्तिको बैज्ञानिक खोजीको समर्थन दिइरहेको छ र कोरोना भाइरस चिनियाँ प्रयोगशालाबाट चुहेको सम्भावना एकदम सानो भएको कुरा विश्व स्वास्थ्य संगठन तथा चिनियाँ विशेषज्ञबाट गठित टोलीले गत मार्चको अन्तमा सार्वजनिक गरेको पतिवेदनमा पनि औंल्याएको छ। जब अमेरिकाले ‘प्रयोगशालाबाट चुहेको’ भनाइलाई समात्दै जाने हो भने तब अमेरिकाले निष्पक्ष, न्यायोजित सिद्धान्तको पालना गर्दै स्वदेशमा घटना बारम्बार भएको शंकास्पद प्रयोगशालालाई खोलेर एउटै खालको भाइरस उत्पत्ति सर्वेक्षणलाई स्वीकार गर्नुपर्छ।

शंकास्पद अमेरिकी प्रयोगशालामा भाइरस उत्पत्तिको सर्वेक्षण आवश्यक_fororder_111

सर्विदित कुरा के हो भने वुहान भाइरस प्रयोगशालाको २ पटा सर्वेक्षण विश्व स्वास्थ्य संगठनका विशेषज्ञबाट भइसकेको छ तर हालसम्म अमेरिकाले जीवविज्ञान प्रयोगशाला अन्यका लागि खोलेको छैन। विशेष गरी लामो समय बोकेको र नराम्रो सुरक्षा रेकर्ड भएका फोर्ट डेट्रिक जीवविज्ञान प्रयोगशाला र नोथ क्यालोराइना विश्वविद्यालय प्रयोगशालाहरूमाथि अन्तर्राष्ट्रिय समाजले व्यापक रूपमा शंका उठाएको छ। यसै सन्दर्भमा ती २ वटा प्रयोगशालालाई खोलेर अमेरिकाले अन्तर्राष्ट्रिय समाजको सर्वेक्षणलाई छुट दिनुपर्छ।  यस बाहेक, अमेरिकामा रहेका २०० वटा जीवविज्ञान प्रयोगशालामध्येका केहीमा सरूवा रोग ठूलो परिधिमा देखा परेको संचारमाध्यमले जनाएका छन्।

शंकास्पद अमेरिकी प्रयोगशालामा भाइरस उत्पत्तिको सर्वेक्षण आवश्यक_fororder_222

कोरोना भाइरस उत्पत्तिको खोजी नै वैज्ञानिक अनुसन्धान हो,  अरूमाथि हिलो छ्याप्ने वा दोष लगाउने साधन होइन। अन्तर्राष्ट्रिय समाजमा बढ्दै आएको भाइरस उत्तपत्ति सर्वेक्षण गर्ने आवाजको सामना गर्दा अमेरिकाले चुप लागेर अथवा अस्वीकार गर्दै गयो भने आफूले उत्पत्तिको खोजीलाई राजनीतिकरण पारेको वास्तविकतालाई देखा पर्दै जाने छ र आफ्नो भाइरस उत्पत्ति मुलुकको शंकास्पद हैसियतलाई अझ स्पष्ट पार्दै जानेछ।