विश्वमा सबभन्दा ठूलो राजनीतिक दलको महत्वाकांक्षा
2021-08-29 16:29:02cri
Share with:

‘चिनियाँ कम्युनिष्ट पार्टी उच्च महत्वाकांक्षाहरु राखेको राजनीतिक दल हो। यस्तो महत्वाकांक्षा विश्वमा प्रतुत्व लाद्नु नभई बरू विश्वमा योगदान दिनु रहेको छ।’ हालै चिनियाँ कम्युनिष्ट पार्टी प्रचारप्रसार विभागले सार्वजनिक गरेको दस्तावेज ‘चिनियाँ कम्युनिष्ट पार्टीको ऐतिहासिक कार्यभार तथा कामको मूल्य’मा उल्लेख गरिएको यो अंशले बाह्य विश्वमा गहिरो छाप पारेको छ। यो नारामा मात्र होइन एक सय वर्षको इतिहास पार गरेको विश्वमा सबभन्दा ठूलो पार्टीले गरेको प्रयासको पाइला र व्यावहारिक कारवाही पनि हो।

विश्वमा सबभन्दा ठूलो राजनीतिक दलको महत्वाकांक्षा_fororder_11

विश्व राम्रो बन्छ भने चीन राम्रो हुन सक्छ, चीन राम्रो बन्छ भने विश्व अझ राम्रो हुन सक्छ भन्ने चिनियाँ कम्युनिष्ट पार्टीको सरल तथा गहन विश्व दृष्टि हो।

नयाँ चीन स्थापित भएयता, चीनले कुनै युद्ध वा द्वन्द्व उठाएको छैन र अरू देशको भूभागको अतिक्रमण गरेको छैन। हालसम्म चीन संयुक्त राष्ट्र संघ शान्ति कारवाहीका लागि दोस्रो ठूलो पूँजी प्रदायक र स्थायी सदस्यबाट शान्ति सेना पठाएको संख्या सबभन्दा बढी भएको मुलुक पनि हो। यसका अतिरिक्त, चीनले विश्व शासन व्यवस्था प्रणालीको सुधार तथा निर्माणमा सक्रियताका साथ भाग लिइरहेको छ भने विश्वव्यापी गरिबी निवारण, आतंकबाद विरोधी क्षेत्रमा अथक प्रयास पनि गरिरहेको छ।

मानवजातिका लागि अझ ठूलो योगदान दिनुलाई आफ्नो कर्तव्य मान्दै चिनियाँ कम्युनिष्ट पार्टीले संयुक्त विकासको प्रवर्द्धन गरिरहेको छ। चीनबाट प्रस्तुत ‘बेल्ट एण्ड रोड’ अवधारणाले संयुक्त विकासको लागि एउटा महत्वपूर्ण प्लेटफर्म स्थापित गरिएको छ। सय वर्षमा देखा नपरेको ठूलो परिवर्तनको सामना गर्दा चिनियाँ कम्युनिष्ट पार्टीले मानवजातिको संयुक्त भाग्य समुदाय भन्ने विचार प्रस्तुत गर्दै मानवजातिको लागि सहकार्य गर्दै साझा जित पाउने र संयुक्त निर्माण र बाँड्ने विकासको नयाँ बाटो पनि खोलेको छ।

विश्वमा सबभन्दा ठूलो राजनीतिक दलको महत्वाकांक्षा_fororder_22

विश्वमा फैलिएको कोभिड महामारीबाट मानवजातिको संयुक्त भाग्य समुदायको वास्तिक अर्थलाई अझ स्पष्ट पारिएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चिनियाँहरूले विश्वव्यापी महामारीको नियन्त्रण तथा प्रतिरोध, विश्व अर्थतन्त्रको पुनरूत्थान तथा क्षेत्रीय सुरक्षाको संरक्षण क्षेत्रमा सहयोग दिइरहेका छन्।