सी चिन फिङः एकाधिकार तथा अनुचित प्रतिस्पर्धाविरूद्ध बलियो पर्यवेक्षण बनाउने
2021-08-31 14:48:01cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले अगस्त ३० तारिख केन्द्रीय समितिको व्यापक सुधारको २१औं बैठकको अध्यक्षता गर्नुभएको छ। बैठकले "एकाधिकारविरूद्ध सुदृढीकरण र निष्पक्ष प्रतिस्पर्धा नीतिहरूको कार्यान्वयनलाई अझ गहन बनाउनका लागि सुझाव" को समीक्षासहित अनुमोदन गरेको छ।

बैठकको अध्यक्षता गर्दै राष्ट्राध्यक्ष सी चिन फिङले निष्पक्ष र प्रतिस्पर्धी बजारलाई बढाउने, विभिन्न बजार तथा संस्थाहरु विशेष गरी साना र मध्यम आकारका उद्यमहरुकालागि एउटा व्यापक स्थानको सिर्जना गर्ने र उपभोक्ताहरुको हितको अधिकार प्रत्याभूति दिनेमा जोड दिनुभयो।

बैठकले बजार पहुँच प्रणाली, निष्पक्ष प्रतिस्पर्धा समीक्षा प्रणाली र डिजिटल अर्थव्यवस्था निष्पक्ष प्रतिस्पर्धा पर्यवेक्षण प्रणालीको सुधारको आवश्यकतामा पनि जोड दिएको छ।