#समाचार सन्दर्भ# अमेरिका फर्कियो तर अमेरिका “फर्कन पाउँदैन”।
2021-09-01 16:51:56CRI
Share with:

#समाचार सन्दर्भ# अमेरिका फर्कियो तर अमेरिका “फर्कन पाउँदैन”।_fororder_01

बल्ल, अमेरिका फर्कियो।

अगष्ट ३० तारिख अन्तिम CH-47 ढुवानी विमान काबुल अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेको छ। त्यसपछि अमेरिका केन्द्रिय कमाण्ड विभागका कमाण्डर केनिस मेकेन्चीले अफ्गानिस्थानबाट फर्किने अमेरिकी सेनाको कार्य पूरा भएको र अफ्गानिस्तानमा लगभग २० वर्षको अमेरिकी सैन्य गतिविधि औपचारिक रूपमा अन्त्य भएको घोषणा गर्नुभयो।

सन् २००१ सेप्टेम्बर ११ तारिखदेखि अफगानिस्थानमा अमेरिकी कार्वाही प्रारम्भ भएको थियो। त्यसपछि अमेरिकाले आतंकवाद प्रतिरोधको नाममा अफ्गानिस्तानमाथि आक्रमण गरेको थियो। त्यसपछिको २० वर्षमा अफ्गानिस्तानमा कुनै क्षण स्थिरता र शान्ति पनि देखिएको छैन। लगातार युद्धबाट अफ्गानिस्तानमा लगातार उथलपुथल देखिएको छ। अन्तमा २० खर्ब अमेरिकी डलरभन्दा बढी खर्च भएको उक्त युद्धबाट अफ्गानिस्तानमा लगभग ३ लाख सर्वसाधारण हताहत भए भने १ करोड १० लाख जना शरणार्थी बनेका थिए। अमेरिकाले उथलपुथल अफ्गानिस्तानमै छोडेको छ।

#समाचार सन्दर्भ# अमेरिका फर्कियो तर अमेरिका “फर्कन पाउँदैन”।_fororder_02

हाल अमेरिका फर्कियो। तर अमेरिका “फर्कन पाउँदैन”।

अफ्गानिस्तान युद्ध अवधिमा अमेरिकाले ८ वर्षसम्मको इराक युद्ध पनि चलेको थियो साथै लिबिया, सिरिया, यमनमा पनि अनेक सैन्य गतिविधि भएका थिए। तथ्याङ्क अनुसार, अमेरिका स्थापना भएको २४५ वर्षमा १८ वर्षसम्म मात्र युद्ध चलेको छैन भने ठूला साना गरी १३४ वटा युद्ध चलेका वा संलग्न भएको देखिन्छ। प्रभूत्ववाद र क्रूरता अमेरिकाको प्रतीक बनेर सबैको मुटुमा गहिरो रूपमा गढेको छ।

अमेरिकाको बन्दुक तथाकथित शत्रु लक्षित मात्र छैन तर उस्को स्वार्थको लागि सबै सर्वसाधारणले पनि पीडित हुनुपर्छ। अमेरिकाले पनि स्वीकार गरेको छ कि अफ्गानिस्तानी सर्वसाधारणलाई हानि पुर्याउनु नै अमेरिकी सैन्य रणनीतिको एक अंश हो। अगष्ट १६ तारिख अमेरिकी सेनाले विमानको चक्कामा मान्छे झुण्डिएको थाहा पाएको स्थितिमा पनि उडान गरेको थियो जसबाट दुई जना अफ्गानिस्तानी सर्वसाधारणको मृत्यु भयो, २६ तारिख अमेरिकी सेनाले काबुल विमानस्थलमा आतंकवादी प्रहारलाई जवाफी प्रहार गर्न सर्वसाधारणमाथि गोली चलाएको थियो जसबाट धेरै सर्वसधारण हताहत भएका थिए। २९ तारिख अमेरिकी मानवरहित विमानले बम बोकेको गाडीमाथि प्रहार गरेको थियो जसबाट त्यस वरिपरिका ६ जना बालबालिकालगायत १० जना सर्वसाधारणको मृत्यु भएको छ।

यसबाहेक अमेरिका अफ्गानिस्तानबाट बाहिरिँदा पनि अमेरिका प्राथमिकता नीतिमा अडिग रहेको छ र काबुल विमानस्थलमा गार्ड गरी युरोपेली गठबन्धन मुलुकलाई आधा घण्टा मात्रै समय  दिएको थियो। पहिला युरोपको सुरक्षा अमेरिकामा निर्भर भएको थियो तर हाल क्रूर वास्तविकताले युरोपेली संघलाई चेतावनी दिएको छ कि अमेरिका विश्वासयोग्य छैन। फ्रान्सको ले फिगारो वेभसाइटले ३० तारिख लेख सार्वजनिक गरेको छ कि अमेरिकाले अफ्गानिस्तानबाट सेना फिर्ता लिएबाट एकपक्षीयतावाद देखिएको छ किनभने उस्ले गठबन्धन मुलुकसँग कुनै पनि विमर्श गरेको छैन।

#समाचार सन्दर्भ# अमेरिका फर्कियो तर अमेरिका “फर्कन पाउँदैन”।_fororder_03

प्रभूत्ववाद, क्रूरता, निर्दयता, स्वार्थ……अमेरिकाको नक्कली अनुहार बल्ल खोलिएको छ र सबैले स्पष्ट रूपमा हेर्न पाएका छन्। अमेरिका विश्वमा  प्रभूत्व लाद्न खोजेको बाटोमा अब चाहिं फर्किन सक्दैन।

आज सेप्टेम्बर १ तारिख पैचिङमा शैक्षिक सत्र शुरू भएको छ। तर काबुलमा फरक अवस्था देखिएको छ कि अमेरिकी सेना फिर्ता हुँदाका अनेक गतिविधिका कारण सुरक्षाको विषयमा विद्यार्थी र शिक्षकशिक्षिकाहरूको चिन्ता थपिएको छ। अफ्गानिस्तानीहरू छिट्टै नै त्यहाँको परिस्थितिमा  पुनर्रूत्थान भएर विद्यार्थीहरू सुरक्षित रूपमा स्कूल फर्कनसक्ने आशा छ। किनभने उनीहरू नै अफ्गानिस्तानका भविष्य हुन्।