चीनमा अध्ययन गरेका विदेशी विद्यार्थीका सुन्दर अनुभव
2021-09-03 08:54:14cri
Share with:

चीनमा अध्ययन गरेका विदेशी विद्यार्थीका सुन्दर अनुभव_fororder___172.100.100.3_temp_9500031_1_9500031_1_1_03db73d3-2177-455a-b8c7-8fd8d15d5585

चालु वर्षको स्नातक सिजन भर्खरै सकिएको छ। अध्ययन गर्न चीन गएका विदेशी विद्यार्थीहरूमध्ये केहीले चीनमा काम गर्ने छनौट गरेका छन् भने केहीले चीनसित सम्बन्धित काम गर्ने आशा लिएका छन्। केहीले चीनको संस्कृतिबारे प्रचार-प्रसार गर्न स्वदेश फर्कने आशा लिएका छन्। उनीहरूका आँखामा चीनमा अध्ययन गरेको जीवन उनीहरूका लागि सुन्दर अनुभव बनेको छ।

अफ्रिकी मुलुक अंगोलाबाट आएका जोआओ नकुलाले चीनमा बसोबास र अध्ययन गरेर आठ वर्ष बताए। जोओकाअनुसार, अंगोलामा चीनको संस्कृतिले स्थानीयलाई आकर्षित गरेको छ। उनीहरूले चीनबारे जानकारी लिने धेरै माध्यम छन्। तर उनले चिनियाँ चलचित्र खास गरी चिनियाँ कुङफु चलचित्र मन पराउँछन्। उनी भन्छन् “मैले धेरै चिनियाँ चलचित्र देखेँ। ब्रुस ली, ज्याकी चन म चिन्छु।”