राष्ट्राध्यक्ष सी चिनफिङद्वारा दिगो विकास लक्ष्यका लागि बिग डेटा अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्रको स्थापना सम्मेलनलाई बधाई सन्देश
2021-09-06 15:10:12CRI
Share with:

सेप्टेम्बर ६ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले दिगो विकास लक्ष्यका लागि स्थापना गरिको बिग डेटा अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्र तथा उक्त केन्द्रको पहिलो सम्मेलन र दिगो विकाससम्बन्धी बिग डेटा अन्तर्राष्ट्रिय मञ्च २०२१ लाई बधाई सन्देश पठाउनुभएको छ।

राष्ट्राध्यक्ष सीले दिगो विकास लक्ष्यका लागि बिग डेटा अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्रको स्थापना आफूले ७५औं संयुक्त राष्ट्र संघीय महासभामा संयुक्त राष्ट्र संघको दिगो विकास सूची २०३०को समर्थनका लागि घोषणा गरेको महत्वपूर्ण कदम भएको भन्दै राष्ट्र संघको उक्त सूचीले विभिन्न मुलुकको विकास र अन्तर्राष्ट्रिय विकास तथा सहयोगका लागि स्पष्ट लक्ष्य प्रस्तुत गरेको पनि बताउनुभयो।

राष्ट्राध्यक्ष सीले विभिन्न पक्षले दिगो विकासको बिग डेटा अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्र मञ्चको प्रयोगबाट अन्तर्राष्ट्रिय सहकार्य तथा राष्ट्र संघको दिगो विकास सूची २०३० लाई व्यवहारमा उतार्न र मानव भाग्य समुदायको सिर्जनाका लागि लाभदायी हुने आशा व्यक्त गर्नुभयो।

दिगो विकास लक्ष्यका लागि बिग डेटा अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्रको स्थापना तथा पहिलो सम्मेलन र दिगो विकाससम्बन्धी बिग डेटा अन्तर्राष्ट्रिय मञ्च २०२१ सोही दिन पैचिङमा आयोजना भएको छ।