सी चिन फिङ र ताजिकिस्तानका राष्ट्रपतिबीच टेलिफोन वार्ता #चिनियाँराष्ट्राध्यक्ष
2021-09-07 19:26:03CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले सेप्टेम्बर ७ तारिखमा ताजिकिस्तानका राष्ट्रपति रहमोनसँग टेलिफोन वार्ता गर्नुभयो। सी चिन फिङले ताजिकिस्तान स्वतन्त्रताको ३०औं वार्षिकोत्सवका अवसरमा बधाई पनि दिनुभयो। राष्ट्राध्यक्ष सीले वर्तमानमा चीन र ताजिकिस्तान सम्बन्ध इतिहासको उच्चतम स्तरमा रहेको उल्लेख गर्दै दुबै पक्षले "बेल्ट एण्ड रोड"को मुख्य लाइनको रूपमा उच्च गुणस्तरीय संयुक्त निर्माणलाई जारी राख्नु राखेको बताउनुभयो। उहाँले अर्थव्यवस्था र व्यापार, आपसी सम्बन्ध र डिजिटल अर्थव्यवस्थाको क्षेत्रमा सहयोगलाई बढाउने कुरामा जोड दिनुभयो।

ताजिकिस्तानका राष्ट्रपति रहमोनले ताजिकिस्तान र चीन चौतर्फी रणनीतिक साझेदार रहेको भन्दै बिभिन्न क्षेत्रहरुमा द्विपक्षीय सम्बन्धहरु लगातार विकास भएको बताउनुभयो। दीर्घकालीन ताजिकिस्तानको लागि निस्वार्थ र इमानदार सहयोग प्रदान गर्नका लागि महान र मैत्रीपूर्ण चीनलाई धन्यवाद व्यक्त गर्नु भएको छ।