अमेरिकाको "दोहोरो मापदण्ड"आतंकवाद विरोधी नीतिले आफैँलाई हानी
2021-09-08 20:28:57CRI
Share with:

अमेरिकाको "दोहोरो मापदण्ड"आतंकवाद विरोधी नीतिले आफैँलाई हानी_fororder_201

"सेप्टेम्बर ११" आतंकवादी प्रहारको २० औं स्मृति दिवसको पूर्वसंध्यामा अमेरिकाद्वारा शुरू गरिएको अफगानिस्तान युद्ध असफलतामा समाप्त भएको छ। अमेरिका अफगानिस्तानबाट फर्किँदा अफगानिस्तानको राजधानी काबुलमा चरमपन्थी संगठन "इस्लामिक स्टेट"को शाखाले बम विस्फोट गराएको छ, जसमा १३ अमेरिकी सैनिक सहित सयौं मानिसहरु मारिएका छन्।

२० बर्ष पछि अमेरिकाको आतंकवाद विरोधी नीति किन असफल भयो? केही विश्लेषकहरुले औंल्याएका छन् कि, एउटा प्रमुख कारण अमेरिका आतंकवाद विरोधी मुद्दाहरुमा पूरै आफ्नो हितमा आधारित छ। अन्य देशहरु र क्षेत्रहरुको हितलाई अमेरिकाले बेवास्ता गर्दछ। अमेरिकाले आतंकवाद र आतंकवादी कार्यहरुको न्यायको लागि फरक मापदण्ड लागू गर्दछ। यस्तो आतंकवाद विरोधी "दोहोरो मापदण्ड"ले आतंकवादको बृद्धि र फैलावटमा सहयोग गरेको छ।

अमेरिकाको "दोहोरो मापदण्ड"आतंकवाद विरोधी नीतिले आफैँलाई हानी_fororder_202

यसबाहेक अमेरिकाको अर्को खतरनाक दृष्टिकोण हो: "आतंकवाद विरोधी" ब्यानर बोकेर प्रभुत्व लाद्ने र शीत युद्ध मानसिकता त्याग्न नस्कनु। विगत केही वर्षहरुमा अमेरिकाले चीनको रणनीतिक रोकथाम कदम चालेको छ, जसले अमेरिकाले लिने “आतंकवाद विरोधी” नीति एक राजनीतिक उपकरण बनेको छ।