ब्रिक्स मुलुकहरु अन्तर्राष्ट्रिय मञ्चमा बेवास्ता नगर्ने महत्वपूर्ण शक्ति #चिनियाँराष्ट्राध्यक्ष
2021-09-09 20:47:44CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले सेप्टेम्बर ९ तारिख साँझ भिडियोमार्फत ब्रिक्स मुलुकका नेताहरुको १३ औँ बैठकलाई सम्बोधन गर्नु भएको छ।

राष्ट्राध्यक्ष सीले यस वर्ष ब्रिक्स मुलुक सहयोगको १५ औँ वार्षिकोत्सव रहेको भन्दै विगत १५ बर्षमा पाँच देशहरुले खुलापन, समावेशीकरण, समान व्यवहार, रणनीतिक आदान-प्रदान र राजनीतिक पारस्परिक विश्वास बढाउने कार्यलाई पालन गरेको बताउनुभयो। उहाँले पाँच देशहरु बीचको व्यावहारिक सिर्जना, साझा जीत सहयोगमा जोड, बिभिन्न क्षेत्रहरुमा व्यावहारिक सहयोगलाई बढावा र साझा विकासको बाटोमा अगाडि बढ्ने क्रमलाई जारी राख्ने बताउनुभयो। उहाँले भन्नुभयो, पाँच देशहरु बीचको बहुपक्षीयताको समर्थन र वैश्विक शासनमा सहभागी हुँदै ब्रिक्स मुलुकहरु अन्तर्राष्ट्रिय मञ्चमा बेवास्ता नगर्ने एक महत्वपूर्ण शक्ति बनेका छन्।

आउने वर्ष चीनले ब्रिक्स नेतास्तरीय १४ औँ वार्ताको संयोजन गर्नेछ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सेप्टेम्बर ९ तारिख राति भिडियोमार्फत ब्रिक्सको १३ औँ शिखर वार्तामा भाग लिँदै उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार चीनले ब्रिक्सका सदस्य साझेदारहरुसँग विभिन्न क्षेत्रको सहयोगलाई चौतर्फी गहन पार्दै अझ व्यावहारिक साझेदारी सम्बन्धको निर्माण गर्ने आशा लिएको छ। जसबाट चुनौतिको संयुक्त सामना गर्दै सुन्दर भाविष्य सिर्जना गर्न सकिनेछ।