सेप्टेम्बर ९ तारिख साँझ चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले भिडियो मार्फत ब्रिक्स मुलुकका नेताहरुको १३औं बैठकमा भाग लिँदै महत्वपूर्ण सम्बोधन गर्नुभयो। उहाँले ब्रिक्स मुलुकबीच व्यावहारिक सहयोग बढाउनका लागि "पाँच दृढता" प्रस्ताव गर्नुभएको छ। यी महत्वपूर्ण पहलहरुले अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षित गरेका छन्। ब्राजिलको चीन अध्ययन केन्द्रका निर्देशक रोनी लिन्सले राष्ट्राध्यक्ष सी चिन फिङको पहलले अर्को चरणमा ब्रिक्स मुलुकहरुको विकासमा नयाँ शक्ति थप गरेको बताउनुभयो।
यस वर्ष ब्रिक्स मुलुक सहयोग संयन्त्रको स्थापनाको १५ औं वार्षिकोत्सव हो। विगत १५ बर्षमा ब्रिक्स मुलुकको व्यावहारिक सहयोगले महत्वपूर्ण सफलता हासिल गरेको छ र विश्व शान्ति तथा विकासमा सकारात्मक योगदान दिएको छ। वर्तमानमा नयाँ कोरोना भाइरस महामारी अझै भैइरहेको छ र विश्व अर्थव्यवस्थाको रिकभरी कठिन छ। एक महत्वपूर्ण शक्तिका रूपमा अन्तर्राष्ट्रिय मञ्चमा उदाएको ब्रिक्स मुलुक सहयोग संयन्त्रलाई बेवास्ता गर्न नसकिने भन्दै आफैलाई कसरी बलियो बनाउने र विश्वको लागी योगदान गर्ने भन्ने विश्वको लागि गम्भीर ध्यान दिइएको विषय बनेको छ।
"जनस्वास्थ्य सहयोगलाई सुदृढ पार्ने", "निष्पक्षतामा जोड दिने, अन्तर्राष्ट्रिय खोप सहयोगलाई बलियो बनाउने", "आपसी लाभ र जितमा जोड दिने, आर्थिक सहयोग बलियो बनाउने", "निष्पक्षता र न्यायमा जोड दिने, राजनीतिक सुरक्षाको सहयोगलाई बलियो बनाउने"," आपसी शिक्षा र आदान-प्रदानमा जोड दिने र सांस्कृतिक आदानप्रदान बलियो बनाउने", राष्ट्राध्यक्ष सीले आफ्नो सम्बोधनमा प्रस्तुत गरिएको "पाँच दृढता" हुन्। यी "पाँच दृढता"ले ब्रिक्स मुलुकको व्यावहारिक सहयोगलाई उच्च गुणस्तरको दिशानिर्देश गर्नेछ।