चिनियाँ कम्युनिष्ट पार्टी र दक्षिण-पूर्वी एशिया, दक्षिण एशियाका राजनीतिक पार्टीहरूबीचको वार्ता नाननिङ शहरमा
2021-09-10 10:29:05CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी र दक्षिण-पूर्वी एशिया, दक्षिण एशियाका राजनीतिक पार्टीहरूको वार्ता सेप्टेम्बर ९ तारिख नाननिङ शहरमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभाग र चिनियाँ कम्युनिष्ट पार्टीअन्तर्गत क्वाङ सी च्वाङ जातीय स्वायत्त प्रदेश समितिद्वारा संयुक्त रुपमा आयोजना गरिएको छ। उक्त वार्ताको मुख्य विषयवस्तु “राजनीतिक पार्टीहरूबीचको सहकार्य बढाउनु, संयुक्त रुपमा आर्थिक विकास गर्नु” भन्ने रहेको छ। दक्षिण-पूर्वी एशिया, दक्षिण एशियाका ४० वटा राजनीतिक पार्टीका नेताहरू, युवा संगठनका जिम्मेवार व्यक्तिहरू, सरकारी प्रतिनिधिलगायतका ३०० जनाले भिडियो तरीकामार्फत उक्त वार्तामा भाग लिएका छन्।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका मन्त्री सोङ थाउले चिनियाँ कम्युनिष्ट पार्टीले यस पटकको वार्तालाई सुअवसरको रुपमा हेरेर विभिन्न मुलुकका राजनीतिक पार्टीहरूसँग रणनीतिक सम्पर्कलाई बढाउने, आर्थिक विकास, गरिबी न्यूनीकरण, महामारीको रोकथाम तथा नियन्त्रण, युवाको आदान-प्रदान क्षेत्रमा व्यवहारिक सहयोग बढाउने बताउनुभयो।

उक्त वार्तामा सहभागी राजनीतिक पार्टीका राजनीतिज्ञहरूले दक्षिण-पूर्वी एशिया, दक्षिण एशियाका राजनीतिक पार्टीहरूले चिनियाँ कम्युनिष्ट पार्टीसँग आदान-प्रदान गर्ने, कठिनाइ तथा चुनौतीको सामना गर्न सहकार्य गर्ने आशा लिएको बताएका छन्।