"शताब्दीको प्रश्न"को जवाफका लागि अमेरिकी काममा निर्भर
2021-09-10 20:33:14CRI
Share with:

"शताब्दीको प्रश्न"को जवाफका लागि अमेरिकी काममा निर्भर_fororder_401

पैचिङ समय अनुसार सेप्टेम्बर १० तारिख बिहान चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग फोनवार्ता गर्नुभएको छ। वार्तामा दुवै पक्षले चीन र अमेरिका सम्बन्ध, पारस्परिक चासोका मुद्दाहरुमा स्पष्ट, गहिरो र व्यापक रणनीतिक संचार आदानप्रदान गर्नुभयो।

सात महिनापछि चिनियाँ र अमेरिकी नेताले वार्ता गरेको यो पहिलोपटक हो। संसारको सबैभन्दा ठूलो विकासोन्मुख देश र सबैभन्दा ठूलो विकसित देशका रूपमा चीन र अमेरिकाले आपसी सम्बन्धलाई सही तरिकाले सम्हाल्न सक्छन कि सक्दैनन् भनी विश्वको भाग्यको लागि महत्वपूर्ण रहेको छ। यो "शताब्दी को प्रश्न" हो कि दुई देशले राम्रोसँग जवाफ दिनु पर्छ। वर्तमानमा चीन-अमेरिका सम्बन्ध अभूतपूर्व संकटको मुख्य कारण अमेरिकाले चीनप्रति रणनीतिक गलत धारणा बनाएको छ। चीनलाई एक "काल्पनिक शत्रु"को रूपमा अमेरिकाले मान्दै आएको छ। विभिन्न क्षेत्रमा चीनलाई दमन गरेको छ। यदि चीनअमेरिका सम्बन्ध सुधार्ने हो भने अमेरिकाले चीनप्रतिको आफ्नो गलत नीति बदल्नुपर्छ र चीनलाई खतरा तथा शत्रुको रूपमा हेर्नु छोड्नुपर्छ। चीनको सार्वभौमसत्ता, सुरक्षा र विकासको हितमा क्षति पुर्‍याउने काम बन्द गर्नुपर्छ।

यस पटकको वार्तामा अमेरिकी राष्ट्रपति बाइडेनले सक्रिय संवाद र सहयोगको संकेत जारी राख्नु भएको छ। उहाँले अमेरिका-चीन सम्बन्ध संसारको सबैभन्दा महत्वपूर्ण द्विपक्षीय सम्बन्ध भन्दै प्रतिस्पर्धाका कारण दुई देशबीचमा द्वन्द्व गर्नुपर्ने कारण नभएको  औंल्याउनुभयो। अमेरिका के भन्छ महत्वपूर्ण छ, तर अझ महत्त्वपूर्ण कुरा यो साँच्चै आफ्नो वचनबद्धतालाई पालना गर्नका लागि व्यावहारिक कार्यहरु गर्छ कि गर्दैन हेर्नुपर्छ।