#समाचार सन्दर्भ# कोभिड-१९ खोप प्रदान गर्ने वचनबद्धतालाई चीनद्वारा पालना
2021-09-10 16:31:40cri
Share with:

#समाचार सन्दर्भ# कोभिड-१९ खोप प्रदान गर्ने वचनबद्धतालाई चीनद्वारा पालना_fororder_1

ब्रिक्स मुलुक नेताहरुको १३औँ बैठक सेप्टम्बर ९ तारिख भिडियोमार्फत् आयोजना भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले “ब्रिक्ससँग सहकार्य गरी संयुक्त चुनौतीको सामना गर्ने” शीर्षकमा सम्बोधन गर्नुभएको छ। सम्बोधनमा उहाँले विकासोन्मुख मुलुकमा खोपको वितरणको लागि कोरोना प्रतिरोध खोप कार्यान्वयन योजना (कोभ्याक्स) लाई दश करोड अमेरिकी डलर प्रदान गर्ने घोषणा साथै यस वर्षको अन्तसम्ममा विकासोन्मुख मुलुकलाई निःशुल्क रूपमा दश करोड डोज कोभिड-१९ खोप चन्दा स्वरूप दिने घोषणा गर्नुभएको छ।

धेरैजसो विकासोन्मुख मुलुकमा सार्वजनिक स्वास्थ्य प्रणालीको कमजोर अवस्था तथा खोपको अभावलगायतका कारणले गर्दा महामारीको सामना गर्न गाह्रो भएको छ। अन्तर्राष्ट्रिय चिकित्सा विज्ञान सम्बन्धि पत्रिका ल्यान्सेट अन्तर्गत कोभिड-१९ समितिका अध्यक्ष, अमेरिकी अर्थशास्त्री जेफ्री सक्सले मलेशियाको सञ्चारमाध्यम‘द स्टार्स’लाई अन्तर्वाता दिँदै विकासोन्मुख मुलुकले कम समर्थन पाएको कारण नै कोभिड-१९ महामारी विश्वव्यापी रूपमा फैलिनुको मुख्य कारण मध्ये एक भएको जानकारी दिएका छन्।

#समाचार सन्दर्भ# कोभिड-१९ खोप प्रदान गर्ने वचनबद्धतालाई चीनद्वारा पालना_fororder_2

यस क्रममा जिम्मेवार ठूलो मुलुकको हैसियतमा चीनले महामारी प्रतिरोध तथा आर्थिक सामाजिक विकासको पुनरूत्थान क्षेत्रमा विकासोन्मुख मुलुकलाई सकेसम्मको सहयोग तथा समर्थन दिइरहेको छ। एक महिनाअघि मात्रै चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले कोरोना प्रतिरोधी खोप सहयोग अन्तर्राष्ट्रिय मञ्चमा सम्बोधन गर्दै भन्नुभएको थियो, ‘चालू वर्षभरि चीनले विश्वलाई २ अरब डोज खोप प्रदान गर्नुकासाथै“कोभ्याक्स”लाई १० करोड अमेरिकी डलर बराबर अनुदान दिने छ।’

दक्षिण एशियाली मुलुकको नमूना लिऔं। चीनले नेपाल, पाकिस्तान, श्रीलंका लगायतका मुलुकलाई चन्दा स्वरूप खोप दिने तथा आपूर्ति गर्दै खोप सहयोगलाई सक्रियाताका साथ अगाडि बढाइरहेको छ। गत अप्रिल महिनाको अन्तमा आयोजित कोरोना महामारीको सामना सम्बन्धि चीन-अफगानीस्तान-पाकिस्तान-नेपाल-बंगलादेश ६ मुलुकका विदेश मन्त्री बीचको सहयोग भिडियो सम्मेलनमा चीनका परराष्ट्र मन्त्री वाङ यीले यसरी प्रस्तुत गर्नुभयो, ‘विभिन्न दक्षिण एशियाली मुलुकका जनताले अझ धेरै तरिकाले खोपको स्थिर आपूर्ति पाउनकालागि चीन-दक्षिण एशियाली मुलुक आपत्तकालीन सामग्री संचय भण्डारण स्थापना गर्ने प्रस्ताव चीनले गर्दछ।’  २ महिनापछि सो संचय भण्डारण छङतुमा औपचारिक रूपमा संचालनमा आएको छ। जसबाट ती ५ मुलुकका राजदूतहरू ‘चिनियाँ गति’ को साक्षी बन्नुभएको छ।

#समाचार सन्दर्भ# कोभिड-१९ खोप प्रदान गर्ने वचनबद्धतालाई चीनद्वारा पालना_fororder_3

कोभिड-१९ महामारी फैलिएदेखि चीनले वचनबद्धता गरेर आवश्यक व्यवहार गरेको छ। चीनले मानव भाग्य समुदायको सिद्धान्त लिएर खोपलाई सार्वजनिक उत्पादनको रूपमा बनाउने वचनबद्धता व्यवहारिक गतिविधिद्वारा साकार तुल्याउँदैछ। त्यसमा कुनै राजनैतिक रूप छैन। खोपको सहायता तथा सहकार्यमा चीनले ठूलो देशको जिम्मेवार वहन गरेको छ। हालसम्म चीनले १०५ देश तथा ४ अन्तर्राष्ट्रिय संगठनलाई खोप सहायता दिइसकेको र दिइरहेको छ। साथै चीनले ६०भन्दा बढी देशलाई कूल ९९ करोड डोज खोप निर्यात गरेको छ। जुन विश्वको पहिलो स्थानमा छ।

नयाँ करोरोना भाइरस सर्वसाधारणको साझा शत्रु हो। महामारीका साथै विश्वका विभिन्न देशहरूले हातमा हात मिलाएर तत्कालीन कठिनाइको सामना गर्नुपर्छ। महामारीलाई छिटै जितेर अर्थतन्त्रको वृद्धि तथा सामान्य जीवनको पुनःसुरू गर्नु अन्तर्राष्ट्रिय जगतको साझा प्रतिक्षा हो। हामी एउटै परिवारका सदस्य हौँ। व्यापक विकासोन्मुख मुलुकलाई अझ बढी खोपको सहयोग तथा समर्थन दिए मात्र विश्वले खुलापनको वसन्त पाउनेछ।