"शताब्दीको प्रश्न" लाई चीन र अमेरिकाले जवाफ दिनुपर्ने सीको भनाइ
2021-09-10 20:45:53CRI
Share with:

पैचिङ समय सेप्टेम्बर १० तारिख बिहान चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग फोनवार्ता गर्नुभयो। वार्तामा दुवै पक्षले चीन र अमेरिका सम्बन्ध, पारस्परिक चासोका मुद्दाहरुमा स्पष्ट, गहिरो र व्यापक रणनीतिक क्षेत्रमा संचार आदानप्रदान गर्नुभयो।

चीन र अमेरिकाको बीच सहयोगमा प्रमुख घटनाहरु छन्। दुबै देश र विश्वलाई यसले लाभ दिने गर्छ। बाइडेनले पद सम्हालेको शुरुवातमा अन्तर्राष्ट्रिय समुदायले चीन-अमेरिका सम्बन्ध सुधारको अपेक्षा गरेका थिए। तर बाइडेनले पदभार ग्रहण गरेपछि चीन-अमेरिका सम्बन्ध अझ बिग्रन थाल्यो। यसको मुख्य कारण अमेरिकाले चीनप्रति गलत रणनीतिक धारणा बनाएकाले हो। चीनलाई एक "काल्पनिक शत्रु"का रूपमा अमेरिकाले मान्दै आएको छ र विभिन्न क्षेत्रमा चीनलाई दमन गरेको छ।

चालु वर्षको शुरुमा जब सी चिन फिङले बाइडेनसँग फोनवार्ता गर्दै चीन अमेरिका सम्बन्धलाई सधार गर्ने मुख्य विषय प्रस्तुत गर्नुभयो तब चीन र अमेरिकाका केही मुद्दाहरुमा फरक फरक धारणा देखिन थाले। एकअर्काको सम्मान र समान व्यवहार गर्नु मुख्य विषय हो।

यस पटकको वार्तामा राष्ट्राध्यक्ष सीले वर्तमानमा अन्तर्राष्ट्रिय समुदायका धेरै साझा समस्याहरुको सामना गर्दै हुनुहुन्छ। चीन र अमेरिकाको सम्बन्धलाई सही बाटोमा स्थिर विकास गर्नका लागि दुवै देशले मुख्य जिम्मेवार छन्। उहाँले फोनवार्तामा यसरी नै अगाडि बढ्दै रणनीतिक र राजनीतिक साहस देखाउनु पर्छ भन्नु भएको छ।