राष्ट्राध्यक्ष सी चिनफिङद्वारा १८औँ चीन-आशियान मेला र चीन-आशियान वाणिज्य तथा लगानी शिखर सम्मेलनलाई शुभकामना सन्देश
2021-09-10 10:49:35CRI
Share with:

सेप्टेम्बर १० तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले १८औँ चीन-आशियान मेला र चीन-आशियान वाणिज्य तथा लगानी शिखर सम्मेलनलाई शुभकामना व्यक्त गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले चीनले आशियानसँग रणनीतिक पारस्परिक विश्वासलाई बढाउने, महामारीविरुद्ध र अर्थतन्त्र तथा व्यापारआदि क्षेत्रहरूको सहकार्यलाई सबल पार्ने, “बेल्ट एण्ड रोड” को उच्च गुणस्तरीय विकासको साझा निर्माण गर्ने, अझै उच्च स्तरीय रणनैतिक साझेदारी सम्बन्धको सिर्जना गर्ने उल्लेख गर्नुभएको छ।

१८औँ चीन-आशियान मेला र चीन-आशियान वाणिज्य तथा लगानी शिखर सम्मेलन सेप्टेम्बर १० तारिख क्वाङ सीको नाननिङ शहरमा शुरु भएको छ।