बेलायतको “नक्कली अदालत”को तमासाले आतंकवाद प्रतिरोध उपलब्धि कुल्चिने
2021-09-14 20:21:06CRI
Share with:

बेलायतको “नक्कली अदालत”को तमासाले आतंकवाद प्रतिरोध उपलब्धि कुल्चिने_fororder_0914ruiping (1).JPG

स्थानीय समय अनुसार सेप्टेम्बर १३ तारिख तथाकथित “युगुर न्यायालय”को दोस्रो सुनुवाइ बेलायतमा सम्पन्न भएको छ। वास्तविकताबारे जानकारी नलिएका मानिसहरूले यसलाई एक साँच्चै अदालतको रुपमा  लिइरहेकाम छन्। तर यो तथाकथित अदालतको कुनै पनि अन्तर्राष्ट्रिय कानूनी प्रभावकारिता छैन। यो एउटा नक्कली अदालत हो। तथाकथित “सुनुवाइ” चीन विरोधी तमासा मात्रै हो।

प्राप्त जानकारी अनुसार, यो “युगुर न्यायालय” निजी जमानत कम्पनी लिमिटेडको तरीकामार्फत बेलायतमा स्थापना भएको एक गैर-सरकारी संस्था हो। उसको शूल्क चीन विरोधी संगठन “विश्व युगुर सम्मेलन”द्वारा खर्च गरिएको हुन्छ। “विश्व युगुर सम्मेलन”ले अमेरिकी राष्ट्रिय प्रजातन्त्र कोषको समर्थन पाएको छ।

बेलायतको “नक्कली अदालत”को तमासाले आतंकवाद प्रतिरोध उपलब्धि कुल्चिने_fororder_0914ruiping (2).JPG

तथाकथित “युगुर न्यायालय” चीन विरोधी उपकरण हो। तथाकथित “युगुर न्यायालय”ले दोस्रो सुनुवाइको आयोजना गरेको समय “सेप्टेम्बर ११”आतंकवादी हमला घटनाको बीसौं वार्षिकोत्सवको आसपास छ। चीन विरोधी शक्तिले त्यस अवधिमा सिन्च्याङको बदनाम गरेको कुराले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्नुका साथै विश्वको आतंकवादी प्रतिरोधको उपलब्धि पनि कुल्चेको छ।

सर्वसाधारणको जीवन र सम्पति संरक्षण गर्न चीन सरकारले सिन्च्याङमा सशक्त आतंकवादी प्रतिरोधी कदम चालेको छ। हाल सिन्च्याङमा लगातार चार वर्षसम्ममा आतंकवादी हिंसात्मक घटना भएका छैनन्। सिन्च्याङको आर्थिक तथा सामाजिक विकास र मानव अधिकारको प्रत्याभूतिले अभूतपूर्व उपलब्धि हासिल गरेको छ।

जतिसुकै तथाकथित “सुनुवाइ”को आयोजना भए पनि सिन्च्याङको समृद्धि र विकासको पाइलामा अवरोध गर्न सकिँदैन।